‘विवेकशील साझा व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित’  « Khabarhub

‘विवेकशील साझा व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित’ 


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले पार्टी व्यक्ति भन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी छन् ।

विवेकशील साझा पार्टीको छैटौँ स्थापना दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बाँस्कोटाले पार्टी व्यक्तिको वरिपरि घुम्दा विगतमा पनि समस्या देखिएको भन्दै सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी हुन् । व्यक्तिगत रुपमा पार्टी चलाउँदा कुनै न कुनै बेला पार्टीलाई घात हुन सक्ने सिकाइ पार्टीले भोग्नुपरेको उनले बताइन् । 

बाँस्कोटाले सामूहिक नेतृत्वमा जाँदा देशभरी नै पार्टीप्रतिको बुझाई नै फरक पर्न जाने जिकिर गरिन्। उनले पार्टीभित्र एकले बोलेको कुराले अर्कोलाई कति असर पर्छ भन्ने नेताहरूले बुझ्न जरुरी रहेको धारणा राखे । बाँस्कोटाले पार्टीलाई बलियो बनाउन नेतृत्वलाई पनि हौसला प्रदान गर्नुपर्ने बताइन् ।

कार्यक्रममा विवेकशील साझा पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित परिवर्तनको संकल्प, सामाजिक न्याय र समृद्धिको अठोट विषयक राजनीतिक दस्तावेज सार्वजनिक गरेको थियो । विभिन्न व्यक्तिहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।  

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ७ : ५८ बजे

एमाले महाधिवेशनः युवा खुलामा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्