पाकिस्तानमा भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु  « Khabarhub

पाकिस्तानमा भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु 


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

कराँची– पाकिस्तानमा यात्रुबाहक भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको मनसेरामा भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

सञ्चारमाध्यमका अनुसार मानसेराका जिल्ला आपतकालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए । सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो ।

सो भ्यानमा १३ जना सवार रहेको बताइएको छ । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ४१ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा