पाकिस्तानमा भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु  « Khabarhub

पाकिस्तानमा भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु 


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

कराँची– पाकिस्तानमा यात्रुबाहक भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको मनसेरामा भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

सञ्चारमाध्यमका अनुसार मानसेराका जिल्ला आपतकालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए । सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो ।

सो भ्यानमा १३ जना सवार रहेको बताइएको छ । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ४१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ