एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै चितवनको कालिका नगरपालिका « Khabarhub

एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै चितवनको कालिका नगरपालिका


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको हो ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ लाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन लागेको हो । यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्षमा करिब एक हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए ।

स्वास्थ्य बीमामा आबद्ध हुन इच्छुक लाभग्राहीले आफू र आफ्नो परिवार आर्थिक रुपमा विपन्न रहेको स्वघोषणा गर्दै सम्बन्धित टोल विकास संस्थाको सिफारिस लिएर वडा कार्यालयमा आवेदन दिन नगरपालिकाले आह्वान गरेको छ ।

प्राप्त निवेदनका आधारमा आवश्यकताअनुसार स्थलगत जाँचबुझसमेत गरी वडा समितिको बैठकले निर्देशक समितिलाई सिफारिस गरेको आधारमा स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने व्यवस्था गरिएको रेग्मीले जनकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले बीमामा लाग्ने शतप्रतिशत शुल्क नगरपालिकाले व्यवस्थापन गर्ने बताए ।

परिवारको कुनै सदस्य सरकारी सेवामा रहेको, अन्य कुनै कार्यक्रमबाट बीमा सुविधा लिइरहेको, परिवारको कुनै सदस्य वैदेशिक रोजगारी वा विदेशमा बसोबासमा रहेको, परिवारको सदस्य दक्ष श्रम गर्ने नियमित प्रकृतिको स्थायी जागिरमा रहेको, घरबासबाहेक पाँच कट्ठाभन्दा बढी जग्गा रहेको व्यक्ति वा परिवारले नगरप्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने पाउने छैनन् ।

यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि नगरप्रमुख संयोजक रहने गरी निर्देशक समिति गठन गरिएको छ । समितिमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाअध्यक्ष, नगर अस्पताल प्रमुख सदस्य रहने व्यवस्था छ ।

कालिका नगर अस्पताललाई प्रथम सेवा विन्दु कायम गरी स्वास्थ्य बीमा गर्ने नीति लिएको स्वास्थ्य शाखाप्रमुख दीपक भण्डारीले बताए । १५ दिनभित्र आवेदन दिन सूचना जारी गरिसकिएको उनले जानकारी दिए । नगरपालिकाको पहाडी क्षेत्रमा चेपाङ सामुदायको बसोबास छ । अधिकांश चेपाङ विपन्न छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : २३ बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक