सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस हुँदै | Khabarhub Khabarhub

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस हुँदै


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– करिब ६१ केजी सुन तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज सुरु हुँदैछ । 

प्रतिवादीहरुसँगको बयान हिजो सकिएपछि जिल्ला अदालत काठमाडौँले आजबाट थुनछेक बहस गर्न लागेको हो । 

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको हिजो बहस सकिएकाले आजबाट थुनछेक बहस सुरु हुन लागेको हो ।

गत साउन ३ गते समातिएको ६० केजी ७१६ ग्रामको सुन तस्करी प्रकरण र भेपमा ल्याइएको झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवादीहरुलाई थुनामा राखेर छानबिन गर्न आदेश  माग गर्नेछ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ । 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : ५२ बजे

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको