अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको तीन कीर्तिमान, मंगोलिया २७३ रनले पराजित | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको तीन कीर्तिमान, मंगोलिया २७३ रनले पराजित


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई हराएको छ ।

समूह ए अन्तर्गत चीनको जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा आज बिहान भएको खेलमा मंगोलियालाई २ सय ७३ रनले हराउँदै नेपालले सानदार जित निकालेको हो । 

नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया निर्धारित २० ओभरमा ४१ रन बनाउँदै अलआउट भयो ।  

नेपालका करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।

यो कुनै पनि राष्ट्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । नेपाल अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ ।

यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो । अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो ।

यस्तै, नेपालका लागि कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै रेकर्ड बनाएका छन् । उनले मंगोलियाविरुद्ध ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् । 

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको शतकीय इनिङ्स खेले । रोहित पौडेलले ६१ र दिपेन्द्र सिंह ऐरीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।

मंगोलियाका इरडेनबुलगन, जमेनसुरेनअल्टनखुयागले एक–एक विकेट लिए । 

आजको खेलमा ट्वान्टी- २० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत नेपालले तीनवटा कीर्तिमान बनाएको छ । जसमा सबैभन्दा ठूलो योगफल बनाउने कीर्तिमान नेपालको रह्यो भने सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान नेपालका कुशल मल्लले राखेका छन् । यसैगरी, सबैभन्दा छिटो अर्धशतक बनाउने नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बनेका छन् ।

अब नेपालले आइतबार माल्दिभ्ससँग खेल्ने छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ०५ बजे

लाओसमा धुम्रपानले वार्षिक छ हजार बढीको ज्यान जोखिममा

काठमाडौं– धुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको

बीपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्षदेखि बन्द

काभ्रेपलाञ्चोक– मनसुन सुरु हुनै लाग्दासमेत बीपी राजमार्गको आकस्मिक सूचना (इआइएस)

रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय राष्ट्रिय

इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा 

काठमाडौं– इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच

कालीगण्डकीका शालग्राम शिलाको नामकरण अभियान

पर्वत– कालीगण्डकी नदी किनारमा रहेका शालग्राम शिलाको नामकरण अभियान थालिएको