अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको तीन कीर्तिमान, मंगोलिया २७३ रनले पराजित « Khabarhub

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको तीन कीर्तिमान, मंगोलिया २७३ रनले पराजित


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई हराएको छ ।

समूह ए अन्तर्गत चीनको जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा आज बिहान भएको खेलमा मंगोलियालाई २ सय ७३ रनले हराउँदै नेपालले सानदार जित निकालेको हो । 

नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया निर्धारित २० ओभरमा ४१ रन बनाउँदै अलआउट भयो ।  

नेपालका करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।

यो कुनै पनि राष्ट्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । नेपाल अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ ।

यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो । अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो ।

यस्तै, नेपालका लागि कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै रेकर्ड बनाएका छन् । उनले मंगोलियाविरुद्ध ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् । 

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको शतकीय इनिङ्स खेले । रोहित पौडेलले ६१ र दिपेन्द्र सिंह ऐरीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।

मंगोलियाका इरडेनबुलगन, जमेनसुरेन र अल्टनखुयागले एक–एक विकेट लिए । 

आजको खेलमा ट्वान्टी- २० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत नेपालले तीनवटा कीर्तिमान बनाएको छ । जसमा सबैभन्दा ठूलो योगफल बनाउने कीर्तिमान नेपालको रह्यो भने सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान नेपालका कुशल मल्लले राखेका छन् । यसैगरी, सबैभन्दा छिटो अर्धशतक बनाउने नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बनेका छन् ।

अब नेपालले आइतबार माल्दिभ्ससँग खेल्ने छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ०५ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी