पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत | Khabarhub Khabarhub

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने  विदेशी पर्यटकलाई स्वागत गरिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई स्वागत गरेका हुन् । 

विमानस्थलमा पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाको पनि सहभागिता थियो ।

पर्यटन दिवसका अवसरमा आज बिहान प्रभातफेरी गरिएको थियो । ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको हो । पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रम समेत राखिएको छ ।

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले सशक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ । 

आज पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाइँदै छ  ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ५६ बजे

वैदेशिक व्यापार घट्यो, अघिल्लो वर्षको तुलनामा साढे दुई प्रतिशतले घट्यो आयात

काठमाडौं– नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । अघिल्लो आर्थिक

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

गृहमन्त्री लामिछानेलाई कारबाही गर्न सांसद गुरुङको माग 

काठमाडौं- कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई

खुट्टाको औँलामा बिछिया किन लगाइन्छ ?  

काठमाडौं– खुट्टाको दोस्रो वा चोरी औँलामा बिछिया जसलाई कसैले बिच्छु

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

सिमकोट– हुम्लाको  जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी