प्रधानमन्त्री दाहाल ल्हासामा, पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल ल्हासामा, पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् ।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट ल्हासा पुगेका हुन् ।

उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे ।

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ ।

उनले आजै चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री दाहाल आज ल्हासामै बस्ने छन् ।

 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ११ : ३० बजे

कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडा समाप्त

काठमाडौं – कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच वर्षौदेखि चलिरहेको

यी हुन अझै बजेट नल्याउने स्थानीय तह

काठमाडौं – बजेट पेस गर्नुपर्ने पाँच महिना बित्दासमेत नौ वटा

रवि लामिछाने र मलेसियास्थित नेपाली राजदूतबिच भेटवार्ता

काठमाडौं – मलेसियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

एलपिएलमा धनगढीको विजयी सुरुआत

सुदूरपश्चिम – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा ३४ हजारभन्दा धेरै आवेदन

काठमाडौं – हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा