ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगको आग्रह | Khabarhub Khabarhub

ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगको आग्रह


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय सभागृहअगाडि उभिएर धर्नामा रहेका सामाजिक अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आग्रह गरेको छ ।

सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका र मेयर बालेन साहसँग माग गर्दै विगत ८ दिनदेखि सभागृहको गेटबाहिर उभिँदै आएका ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगले आग्रह गरेको हो ।

आयोगले विज्ञप्ति जारी गर्दै धर्नामा रहेका ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न सरकार र महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्नसमेत आग्रह गरिएको छ ।

आयोगले ईःलाई आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : १८ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ