अपराध

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ 

By खबरहब

September 27, 2023

काठमाडौँ- वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका –१ स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं.३ बाँसबारी बस्ने वर्ष ३८ वर्षीय हरी बहादुर मगर रहेका छन् । 

उनले सृजना राईलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु रकम लिई सम्पर्क विहीन भएका थिए । प्रहरीले मगरलाई हिजो मंगलबार काठमाडौँको बसुन्धाराबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।