सिरहाको औरहीमा नीलगाई मृत भेटियो « Khabarhub

सिरहाको औरहीमा नीलगाई मृत भेटियो


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको औरही–३ मा दुर्लभ मानिएको नीलगाई मृतावस्थामा भेटिएको छ । जिल्ला वन कार्यालय सिरहास्थित लहानका प्रमुख सुजितकुमार झाका अनुसार मङ्गलबार बिहान धानखेतमा वयस्क नीलगाई मृतावस्थामा भेटिएको हो ।

मृत नीलगाईको अवस्था हेर्दा रोगको कारण थलिएर मरेको प्रारभिक अनुसन्धानमा देखिएको प्रमुख झाले बताए । “स्थानीयवासीको भनाइअनुसार तीन÷चार दिनदेखि गाई झोक्रिएर हिँडेको थियो भन्ने सुन्नमा आयो”, प्रमुख झाले भने , “समयमै कसैले वन कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा खबर गरेको भए उपचार गरेर बचाउने प्रयास गरिने थियो ।”

धानबारीमा मृत नीलगाई भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय सिरहाले वन कार्यालयलाई खबर गरेको थियो । प्रमुख झाका अनुसार के कति कारणले नीलगाई मृत फेला परेको हो भन्ने विषयमा थप अनुसन्धानमा जारी रहेको छ ।

नीलगाईलाई नेपालमा संरक्षित वन्यजन्तुको रूपमा लिइन्छ । संरक्षित वन्यजन्तु चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही हुनेछ । कसुर प्रमाणित भए छ महिनादेखि १५ वर्षसम्म कैद र रु १० हजारदेखि १० लाखसम्म जरिवाना हुने वन्यजन्तु संरक्षण ऐन, २०२९ मा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ०४ बजे

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा