सिरहाको औरहीमा नीलगाई मृत भेटियो | Khabarhub Khabarhub

सिरहाको औरहीमा नीलगाई मृत भेटियो


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको औरही–३ मा दुर्लभ मानिएको नीलगाई मृतावस्थामा भेटिएको छ । जिल्ला वन कार्यालय सिरहास्थित लहानका प्रमुख सुजितकुमार झाका अनुसार मङ्गलबार बिहान धानखेतमा वयस्क नीलगाई मृतावस्थामा भेटिएको हो ।

मृत नीलगाईको अवस्था हेर्दा रोगको कारण थलिएर मरेको प्रारभिक अनुसन्धानमा देखिएको प्रमुख झाले बताए । “स्थानीयवासीको भनाइअनुसार तीन÷चार दिनदेखि गाई झोक्रिएर हिँडेको थियो भन्ने सुन्नमा आयो”, प्रमुख झाले भने , “समयमै कसैले वन कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा खबर गरेको भए उपचार गरेर बचाउने प्रयास गरिने थियो ।”

धानबारीमा मृत नीलगाई भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय सिरहाले वन कार्यालयलाई खबर गरेको थियो । प्रमुख झाका अनुसार के कति कारणले नीलगाई मृत फेला परेको हो भन्ने विषयमा थप अनुसन्धानमा जारी रहेको छ ।

नीलगाईलाई नेपालमा संरक्षित वन्यजन्तुको रूपमा लिइन्छ । संरक्षित वन्यजन्तु चोरी सिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही हुनेछ । कसुर प्रमाणित भए छ महिनादेखि १५ वर्षसम्म कैद र रु १० हजारदेखि १० लाखसम्म जरिवाना हुने वन्यजन्तु संरक्षण ऐन, २०२९ मा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ०४ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा