मधेशमा मखान बिक्री गर्न र किन्न भ्याइ नभ्याइ « Khabarhub

मधेशमा मखान बिक्री गर्न र किन्न भ्याइ नभ्याइ


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री बढेको छ। कोजाग्रत पूर्णिका दिन पान र मखान (पोखरी, तलाउमा फलाइने फल विशेष) खाने-ख्वाइने परम्परा मधेशमा रही आएको छ ।एक दिनअघि नै यस क्षेत्रका गाउँ नगर बस्तीका बजारमा पान र मखानको बजार जमेको हो । कोजाग्रत पूर्णिमा शनिबार मनाइँदैछ । 

कोजाग्रत पर्वमा मखान र दूध खाने मैथिल परम्परा छ । मखान शक्तिवर्द्धक पौष्टिक आहार मानिन्छ । यसैगरी, कोजाग्रत पूर्णिमाका दिन सबैजसोले पान खाने भएकाले यस भेगमा एक दिनअघिदेखि नै पानका पातको बिक्री बढेको हो । अहिले पान पसले टाढाटाढाबाट पानका पात जुटाउन व्यस्त छन् ।

कोजाग्रत  पूर्णिमाका दिन मखान खाएर पान खाने आम प्रचलन छ । पर्व विशेषलाई नै दृष्टिगत गरेर प्रत्येकजसो बजारमा आजदेखि नै मखानको बिक्री बढेको हो । महोत्तरीका बस्ती-बस्तीमा आज बिहानदेखि ‘मखान लेबै मखान’ (मखान लिनोस् मखान) भन्दै मानिसहरु घरघरैजसो  हिँडेका भेटिन्छन् । त्यसैगरी, आफ्नै घरमा लगाइएको पान टिपेर बजारका पान पसलमा पात पुर्‍याउन ससाना बालबालिका पनि रमाइलो मान्दै हिँडेका देखिन्छन् ।

पर्वलाइ लक्षित गरी सबैजसो बजारमा व्यापारीले मखान फिजाएर राखेका छन् । मखानको बिक्री त एक-दुई दिनपहिले देखि नै सुरु भएको भङ्गाहा नगरपालिका–५ सीतापुरबजारमा किराना पसल चलाउँदै आएका नागेन्द्र साह बताए। जिल्लाका बर्दिबास, औरही, सम्सी, सीतापुर, मटिहानी, जलेश्वर, रामगोपालपुर,  बलवा, पिपरा र लोहारपट्टीसहितका बजारमा मखान बेच्ने-किन्नेकै भीड लागेको छ । महोत्तरीका मटिहानी र रामगोपालपुर नगरपालिका क्षेत्र मखान उत्पादनका उर्वरक्षेत्र मानिन्छन् । पर्वविशेषले आफ्नो उत्पादनले महत्व पाउँदा मखान किसान यो पर्वका बेला खुसी देखिन्छन् ।

कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीमा विचरण गर्न आउने र साँझपख जुन घरमा दीप प्रज्वलित गरिएको छ, त्यहाँ प्रवेश गर्ने विश्वासले घरघरमै दीप प्रज्वलित गरेर देवीलाई पनि मखानपानसहितका सामग्रीले पूजाआराधना गरिने मैथिल परम्परा छ । कोजाग्रतमा रातभरि जाग्राम (जागा) बस्नुपर्ने पुरानो विश्वास भएकाले कोजाग्रत दिनका लागि यस क्षेत्रमा नाचगानसहितका मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजन हुन्छन् ।

विभिन्न पर्वमा खास महत्वका फरक-फरक पूजा सामग्री र नैवेद्य चढाउने परम्पराभित्र कोजाग्रतमा भने पान र मखानको महत्व हुने गरेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्तिले बताए। पान र मखान दुवै सम्पन्नता र सौन्दर्यका प्रतीक मानिन्छन् । त्यसैले कोजाग्रत पर्वमा यिनको महत्व बढेको उनको  भनाइ छ।

कोजाग्रत पर्वमा कहिल्यै पान नखाने व्यक्तिले पनि विधिकै लागि पान खाने गरेका छन् । पान सौन्दर्य र सम्पन्नतासँगै प्रसन्नताको प्रतीक पनि मानिने मैथिल जनविश्वासले पर्वविशेषमा यसको महत्व बढेको ८० वर्षीय प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झाले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १२ : १६ बजे

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद