हुम्लामा विद्युत् सेवा अवरुद्ध | Khabarhub Khabarhub

हुम्लामा विद्युत् सेवा अवरुद्ध


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिमकोट– बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुई वटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको विद्युत्गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । मुख्य क्यालनमा रहेको अस्थायी पाइप हटाइ उक्त स्थानमा पाइप जडान गर्ने कार्य भइरहेकाले विद्युत् सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाका प्रमुख नारायणप्रसाद कर्णले बताए।

यही कात्तिक ९ देखि २२ गतेसम्म पुननिर्माण कार्य हुने भएकाले १३ दिनसम्म यहाँ विद्युत् सेवा उपलब्ध नहुने प्रमुख कर्णले जानकारी दिए। हिउँदयाममा भारी हिमपात हुने तर विद्युत्का लागि आवश्यक पानी नपुग्नुका साथै पहिरो जाने भएको हुँदा हिमपात हुनुअगावै मर्मत गरिएको हो ।

विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको हो भने दसैँ बिदा सकिएलगत्तै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय खुला हुने भए पनि विद्युत् सेवा अवरुद्ध हुँदा काम गर्न असहज हुने भएको छ ।

यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब दुई हजार दुई सय बढी सेवाग्राही प्रभावित भएका छन् । 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १२ : ३८ बजे

ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन 

काठमाडौं– अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इरान अहिले नै

सुर्खेतको कोपिला भ्याली स्कुल कसरी पर्‍यो विश्वकै उत्कृष्ट १० मा ?

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै उत्कृष्ट १०

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गरौँ : ज्ञानेन्द्र शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट

मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

जनकपुरधाम– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि