इजरायल–हमास द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त | Khabarhub Khabarhub

इजरायल–हमास द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेनेभा– संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जबर्जस्ती स्थानान्तरण, सामूहिक सजाय र बन्धक बनाइएका घटना युद्ध शुरू भएको २१ औं दिनमा पनि जारी रहेको उल्लेख गरेको छ ।

प्रवक्ता रविना शमदासानीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने,’युद्ध अपराध भइरहेकामा हामी चिन्तित छौं । हामी हमासको नृशंस आक्रमणको जवाफमा गाजावासीमाथि भएको सामूहिक सजायको बारेमा चिन्तित छौं, जुन युद्ध अपराध पनि हो ।’

उनले युद्ध अपराध भएको छ कि छैन भनेर प्रमाणित गर्ने काम स्वतन्त्र अदालतको भएको बताए । इजरायली अधिकारीहरूका अनुसार गत अक्टोबर ७ मा हमासका बन्दुकधारीले गाजामा आक्रमण गरेपछि इजरायलले गाजामा भारी बमबारी गरेको छ जसमा एक हजार ४०० जनाको मृत्यु भएको छ ।

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले उक्त आक्रमणमा सात हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमा मुख्यतया सर्वसाधारण र धेरै बालबालिका रहेका छन् ।

इजरायलले गाजामा खाद्यान्न, पानी र बिजुलीको आपूर्तिमा कटौती गरेको छ । हमासले हतियार र विस्फोटक पदार्थ बनाउन प्रयोग गर्ने भन्दै इन्धनको सबै आपूर्तिमा रोक लगाएको हो ।

इजरायली सेनाले गाजा पट्टीको उत्तरी क्षेत्रमा रहेका मानिसहरूलाई (२४ लाख जनसङ्ख्याको लगभग आधा) सङ्ख्यालाई सम्भावित स्थल आक्रमणअघि दक्षिणतर्फ जान आह्वान गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ५ : ५६ बजे

Nepatop

ऊर्जा मन्त्रीसँग एमसिसीका उपाध्यक्षको भेट

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग

हमास प्रतिनिधिमण्डल युद्ध विरामबारे वार्ता गर्न कायरोमा

कायरो – सत्तारुढ इस्लामिक प्रतिरोध आन्दोलन (हमास)को उच्चस्तरीय प्रतिनिधिमण्डल गाजा

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन ‘राइट टु प्रोटिन रन’

काठमाडौं- नेपाल भेटेरिनरी एसोसिएसनले प्रोटिनमाथिको अधिकार आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा

आजका समाचार : नेताहरुको दौडधुपदेखि शालिनको पोष्टमार्टम रिपोर्टसम्म

दिनभर आजमा राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’, देउवा र ओलीसँग

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा हाल साविक गरी पुर्जा