इजरायल–हमास द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त « Khabarhub

इजरायल–हमास द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेनेभा– संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जबर्जस्ती स्थानान्तरण, सामूहिक सजाय र बन्धक बनाइएका घटना युद्ध शुरू भएको २१ औं दिनमा पनि जारी रहेको उल्लेख गरेको छ ।

प्रवक्ता रविना शमदासानीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने,’युद्ध अपराध भइरहेकामा हामी चिन्तित छौं । हामी हमासको नृशंस आक्रमणको जवाफमा गाजावासीमाथि भएको सामूहिक सजायको बारेमा चिन्तित छौं, जुन युद्ध अपराध पनि हो ।’

उनले युद्ध अपराध भएको छ कि छैन भनेर प्रमाणित गर्ने काम स्वतन्त्र अदालतको भएको बताए । इजरायली अधिकारीहरूका अनुसार गत अक्टोबर ७ मा हमासका बन्दुकधारीले गाजामा आक्रमण गरेपछि इजरायलले गाजामा भारी बमबारी गरेको छ जसमा एक हजार ४०० जनाको मृत्यु भएको छ ।

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले उक्त आक्रमणमा सात हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमा मुख्यतया सर्वसाधारण र धेरै बालबालिका रहेका छन् ।

इजरायलले गाजामा खाद्यान्न, पानी र बिजुलीको आपूर्तिमा कटौती गरेको छ । हमासले हतियार र विस्फोटक पदार्थ बनाउन प्रयोग गर्ने भन्दै इन्धनको सबै आपूर्तिमा रोक लगाएको हो ।

इजरायली सेनाले गाजा पट्टीको उत्तरी क्षेत्रमा रहेका मानिसहरूलाई (२४ लाख जनसङ्ख्याको लगभग आधा) सङ्ख्यालाई सम्भावित स्थल आक्रमणअघि दक्षिणतर्फ जान आह्वान गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ५ : ५६ बजे

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन