चन्द्रागिरीको घुमाउनेमा मनोरञ्जन पार्क सञ्चालन « Khabarhub

चन्द्रागिरीको घुमाउनेमा मनोरञ्जन पार्क सञ्चालन


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका– ७ स्थित घुमाउने टोलमा शनिबारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ अर्थात मनोरञ्जन पार्क सञ्चालनमा आएको छ ।

निरन्तर  १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो पार्क सञ्चालनमा ल्याइएको हो । ६ करोड रुपैयाँको लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तले भवनको तीन वटा तला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरूले भरिएका छन् ।

पर्याप्त पार्किङस्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसँग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि सञ्चालन गरिएको छ।

पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा व्यस्त जीवनशैली, बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित भई उकुसमुकुस वातावरणमा आफ्नो दिनचर्या खुम्च्याउनुपर्ने अवस्थामा रहेको, घुमफिर गरी आनन्द लिने र शरीर तथा मनलाई पुनर्ताजगी दिने वस्तु तथा स्थलको माग दिनदिनै बढ्दै गएकाले ‘ड्रिम वर्ल्डको’ परिकल्पना गरिएको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १ : ३६ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण