चन्द्रागिरीको घुमाउनेमा मनोरञ्जन पार्क सञ्चालन « Khabarhub

चन्द्रागिरीको घुमाउनेमा मनोरञ्जन पार्क सञ्चालन


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका– ७ स्थित घुमाउने टोलमा शनिबारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ अर्थात मनोरञ्जन पार्क सञ्चालनमा आएको छ ।

निरन्तर  १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो पार्क सञ्चालनमा ल्याइएको हो । ६ करोड रुपैयाँको लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तले भवनको तीन वटा तला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरूले भरिएका छन् ।

पर्याप्त पार्किङस्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसँग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि सञ्चालन गरिएको छ।

पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा व्यस्त जीवनशैली, बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित भई उकुसमुकुस वातावरणमा आफ्नो दिनचर्या खुम्च्याउनुपर्ने अवस्थामा रहेको, घुमफिर गरी आनन्द लिने र शरीर तथा मनलाई पुनर्ताजगी दिने वस्तु तथा स्थलको माग दिनदिनै बढ्दै गएकाले ‘ड्रिम वर्ल्डको’ परिकल्पना गरिएको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १ : ३६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस २४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात