उत्तरले सीमा सुरक्षा चौकी पुन:निर्माणका लागि सेना पठायो : दक्षिण कोरिया « Khabarhub

उत्तरले सीमा सुरक्षा चौकी पुन:निर्माणका लागि सेना पठायो : दक्षिण कोरिया


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सोल- उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । यसै सिलसिलामा उत्तर कोरियाले दक्षिण कोयिासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनःस्थापना गर्नका लागि उसको दक्षिणी सीमामा सेना पठाएको सोलको सेनाले सोमबार बताएको छ । गत साता उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गरेपछि जवाफमा सोलले सीमामा हुने तनावलाई कम गर्ने उद्देश्यले गरिएको सम्झौतालाई आंशिक रूपमा निलम्बन गरेको थियो ।

जवाफमा उत्तरले पुनः सम्झौता गर्न बाध्य नहुने चेतावनी दिँदै उक्त सम्झौतालाई पूर्ण रूपमा रद्द गरेको थियो । उत्तर कोरियाले हालै सुरक्षा चौकीहरू पुनःस्थापना गर्नका लागि सशस्त्र कर्मचारी र उपकरणहरू पठाएको एक सैन्य अधिकारीले एएफपीलाई सोमबार बताएका छन् । उत्तर कोरियाली सैनिकहरूले ‘शुक्रबारदेखि सुरक्षा चौकीको पुनःनिर्माण गरेको देखेको’ एक सैन्य अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले बताएको छ । पाँच वर्ष पुरानो सैन्य सम्झौताअन्तर्गत हटाइएका सबै ११ चौकीहरू पुनःस्थापना गर्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाको सेनाले जारी गरेको एउटा तस्बिरमा उत्तर कोरियाका चार सैनिकले दुवै मुलुकलाई विभाजन गर्ने असैन्यकृत क्षेत्रमा एउटा काठको सुरक्षा चौकी पुनःनिर्माण गरिरहेको देखाइएको छ । उत्तर कोरियाको हतियार कार्यक्रमहरूको तीव्र विकासले सोललाई चिन्तित बनाएको छ । दक्षिण कोरियाले उत्तर कोरियाको उपग्रह प्रक्षेपणपछि सीमामा ‘निगरानी र जासुसी स्रोत’ तैनाथ गरेको छ । आणविक हतियारयुक्त उत्तर कोरियाको बढ्दो खतराविरुद्ध सुरक्षित रहन ‘आवश्यक उपाय’ भएको उसको सेनाले बताएको छ ।

जवाफमा उत्तरले दुवै कोरियाबीच ‘सैन्य सीमाङ्कन रेखाको छेउमा थप शक्तिशाली सशस्त्र बल र नयाँ प्रकारको सैन्य हार्डवेयर तैनाथ गर्ने’ बताएको छ । गत साता ‘मल्लिगयोङ–१’ को प्रक्षेपण मे र अगस्टमा दुई असफलतापछि आकाशमा सैन्य निगरानी सुरक्षित गर्ने उत्तर कोरियाको तेस्रो प्रयास थियो । विशेषज्ञहरूका अनुसार जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा सफलतापूर्वक स्थापना गरेपछि विशेषगरी दक्षिण कोरिया तथा कुनै पनि सैन्य सङ्घर्षमा महत्वपूर्ण तथ्याङ्क प्राप्त गर्ने दिशामा उत्तर कोरियाको जासुसी जानकारी एकत्रित गर्ने क्षमतामा सुधार हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  २ : २३ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले