मोरङ व्यापार संघले एक्स्पो आयोजना गर्ने « Khabarhub

मोरङ व्यापार संघले एक्स्पो आयोजना गर्ने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङ व्यापार संघको आयोजनामा पौष ६ गते देखि १६ गतेसम्म विराटनगरमा मोरङ व्यापार संघ एक्स्पो २०२३ आयोजना हुने भएको छ ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघले अन्तराष्ट्र्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले प्रदर्शनीले केही मात्रामा भएपनि बजार चलायमान हुने बताए ।

अध्यक्ष रिजालले औद्योगिक क्षेत्रमा भइरहेको नवीनतम प्रविधिको प्रयोगबारे जानकारी गराउन, कृषि क्षेत्रको व्यवसायीकरण गर्न तथा उत्पादक र उपभोक्ता बीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए ।

सो प्रदर्शनी करिब ४ लाख दर्शकहरुले अवलोकन गर्ने र करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अध्यक्ष रिजालले बताए । १० दिनसम्म आयोजना हुने सो कृषि तथा औद्योगिक अन्तर्रााष्ट्र्रिय प्रदर्शनीमा कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान प्रविधि, औद्योगिक उत्पादन लगायतका २ सय ५० वटा स्टलहरु राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ३४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको