पाकिस्तानको खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा उच्च सुरक्षा जोखिम « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा उच्च सुरक्षा जोखिम


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा उच्च सुरक्षा जोखिम पैदा भएको सुरक्षा अधिकारीले जनाएका छन् ।

खैबर पख्तुनख्वाका महानिरीक्षक अख्तर हयातले प्रान्तको दक्षिणी भेगमा तहरिक ए तालिबान पाकिस्तान भनिने पाकिस्तानी तालिबानका कारण सुरक्षा जोखिम पैदा भएको उल्लेख गरेका हुन् ।

द न्युज पाकिस्तानले जनाएअनुसार उनले प्रान्तको अन्य भागमा भने सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिएका छन् । पाकिस्तानी तालिबानको गन्दपुर समूहले पछिल्लो समय दक्षिणी भेगमा आक्रमणलाई बढावा दिएको जनाइएको छ ।

तहसिल कुलाची, डेरा इस्माइल खानजस्ता क्षेत्रमा आतंककारी आक्रमण बढ्दै गएको छ । यसै वर्षमात्र सो क्षेत्रमा भएका आतंककारी आक्रमणहरुमा परी १ सय ५० जना सुरक्षाकर्मी मारिएको उनको भनाइ छ ।

सो क्षेत्रमा यस वर्ष ७ सय ३१ जना संदिग्ध आतंककारी पक्राउ परेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १२ : ३७ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज