पाकिस्तानको खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा उच्च सुरक्षा जोखिम « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा उच्च सुरक्षा जोखिम


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वाको दक्षिणी क्षेत्रमा उच्च सुरक्षा जोखिम पैदा भएको सुरक्षा अधिकारीले जनाएका छन् ।

खैबर पख्तुनख्वाका महानिरीक्षक अख्तर हयातले प्रान्तको दक्षिणी भेगमा तहरिक ए तालिबान पाकिस्तान भनिने पाकिस्तानी तालिबानका कारण सुरक्षा जोखिम पैदा भएको उल्लेख गरेका हुन् ।

द न्युज पाकिस्तानले जनाएअनुसार उनले प्रान्तको अन्य भागमा भने सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिएका छन् । पाकिस्तानी तालिबानको गन्दपुर समूहले पछिल्लो समय दक्षिणी भेगमा आक्रमणलाई बढावा दिएको जनाइएको छ ।

तहसिल कुलाची, डेरा इस्माइल खानजस्ता क्षेत्रमा आतंककारी आक्रमण बढ्दै गएको छ । यसै वर्षमात्र सो क्षेत्रमा भएका आतंककारी आक्रमणहरुमा परी १ सय ५० जना सुरक्षाकर्मी मारिएको उनको भनाइ छ ।

सो क्षेत्रमा यस वर्ष ७ सय ३१ जना संदिग्ध आतंककारी पक्राउ परेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १२ : ३७ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र