आज २०८० साल पुस ११ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल पुस ११ गते बुधबारको राशिफल


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस ११ गते बुधबार तदनुसार सन् २०२३ डिसेम्बर २७ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन सामान्य छ। राम्रो बोले पनि साथीहरुले अर्को अर्थ लगाउने छन्। साथी चिनेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारमा झगडा पर्ने खतरा देखिन्छ।

वृष : आर्थिक क्षेत्रमा सोचेको भन्दा राम्रो प्रतिफल प्राप्त हुनेछ। धर्मभन्दा कर्मलाई प्राथमिकता दिनु फाइदा जनक देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। धेरै बोल्नुभन्दा सोचेर काम गर्नु राम्रो हुन्छ।

मिथुन : चन्द्रमा अनुकुल छन्। यसले गर्दा धन अचानक प्राप्त हुनसक्छ। साथीलाई विश्वास गर्नु भन्दा आफ्नो काम आफ्नै विवेकले गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्धमा राम्रो सहयोग मिल्नेछ। प्रेममा सफल मिल्नेछ।

कर्कट : दिन सामान्य छ। आर्थिक र सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक लगानीमा ठग सक्रिय हुनसक्छन्। परिवारको साथ राम्रो हुनेछ।

सिंह : दैनिकी राम्रो छ। विदेश जाने योग रहेको छ। यसले फाइदा हुनेछ। हरेक क्षेत्रमा आफूले नेतृत्व गर्नु राम्रो हुन्छ। परिवारको सहयोग नमिल्ने देखिन्छ। प्रेममा धोका हुनसक्छ।

कन्या : दिन राम्रो छ। तपाईंले गरेको कामको प्रशंसा हुनेछ। साथीभाइको सहयोग रहन्छ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा विवाद हुने योग छ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। दुवै हातमा लड्डु प्राप्त हुँदैन। आर्थिक पक्ष सबल भए पनि परिवारको साथ नमिल्न सक्छ। बोलेर भन्दा सोचेर काम गर्नु राम्रो हुन्छ।

वृश्चिक : आजको दिन सामान्य छ। स्वास्थ्यमा समस्या देखिन सक्छन्। आज बिहान उठेर सूर्यको दर्शन गर्नु राम्रो हुन्छ। प्रेम र परिवार सुख प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। आफ्नो क्षेत्रमा प्रभावकारी प्रस्तुति आवश्यक देखिन्छ। वैदेशिक लगानीमा फाइदा मिल्नेछ। परिवारको साथ मिल्नेछ।

मकर : समय मिश्रित छ। मित्रले सहयोग गर्ने योग रहेको छ। प्रत्येक पाइलामा अवरोध आए पनि परिवार र राज्यको सहयोग मिल्नेछ। प्रेममा उत्साह प्राप्त हुनसक्छ।

कुम्भ : शनिदेवको छाया योग रहेको छ। जन्मकुण्डलीमा शनि सकारात्मक रहे उन्नति प्रगति हुन्छ। पारिवारका सदस्य रिसाएकाले बुझेर काम गर्नु राम्रो हुन्छ।

मीन : आर्थिक र सामाजिक क्षेत्र सबल रहे पनि खुट्टा तान्नेहरुले असफल बनाउन सक्छन्। वैदेशिक लगानीमा फाइदा हुनेछ। कुनै जागिर गर्नुहुन्छ भने बढुवा हुने देखिन्छ। परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : १३ बजे

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध