एयर अरेबियाले काबुलमा दैनिक उडान सुरु गर्ने « Khabarhub

एयर अरेबियाले काबुलमा दैनिक उडान सुरु गर्ने


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

दुबई– एयर अरेबियाले बुधबार काबुलका लागि दैनिक उडान गर्ने घोषणा गरेको छ र यो अफगानिस्तानको राजधानी काबुलमा सेवा प्रदान गर्ने संयुक्त अरब इमिरेट्स (युएई) को दोस्रो एयरलाइन्स बनेको छ ।

शारजाहस्थित बजेट क्यारियरले जनवरी १० देखि दिनको एक पटक काबुलबाट लगातार उडान भर्नेछ । समूहका प्रमुख कार्यकारी अधिकृत अदेल अल अलीले भने, ‘यो सेवाले यात्रुहरूलाई मूल्यमा आधारित र किफायती हवाई यात्राका साथै अन्वेषण गर्न नयाँ गन्तव्यहरू प्रदान गर्नको लागी हाम्रो निरन्तर समर्पणको प्रमाण हो ।’

सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि गत महिना फ्लाई दुबई अफगानिस्तानमा उडान सुरु गर्ने पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बनेको थियो ।

सर्वसाधारणको सामूहिक उद्धारका क्रममा काबुल विमानस्थलमा भद्रगोल अवस्था बनेको थियो । विमानस्थल परिसरमा नै  आत्मघाती बम विस्फोटमा १३ अमेरिकी सैनिकसहित १७० भन्दा बढीको मृत्यु भएको थियो। 

काबुल विमानस्थलको पूर्ण सञ्चालनलाई अफगानिस्तानको बिग्रिएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न महत्वपूर्ण मानिएको छ । फ्लाई दुबईबाहेक अफगानिस्तानको काम एयर र एरियाना अफगान एयरलाइन्सले काबुलबाट दुबई, मस्को, इस्लामाबाद र इस्तानबुललगायत गन्तव्यमा सीमित उडान भर्दै आएका छन् ।

गत वर्ष संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी जीएएसीले अफगानिस्तानको हवाई यातायात व्यवस्थापनका लागि एक सम्झौतामा हस्ताक्षर गरेको थियो।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको