सञ्चार विधेयक पेस गर्ने कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय « Khabarhub

सञ्चार विधेयक पेस गर्ने कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक-२०८० प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा भएको  बैठकले  उक्त विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो । 

यसैगरी शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० लाई बैठकले स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए। बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आङ्गिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।  

साथै बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय  गरेको प्रवक्ता राईले बताए । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : ०० बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी