भारतीय अदालतको फैसलाविरुद्ध चिनियाँ धम्की | Khabarhub Khabarhub

भारतीय अदालतको फैसलाविरुद्ध चिनियाँ धम्की


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चीनले इतिहासलाई अतिरञ्जित बनाएर लद्दाखमा आफ्नो सार्वभौमिकता दाबी गरेको भन्दै भारतले यो आफ्ना लागि मान्य नहुने बताएको छ । सन् १९६२ मा दुई मुलुकबीच भएको युद्धयता चीनले लद्दाखका केही भूभागमा गैरकानूनी अतिक्रमण गरेको र सन् २०२० अप्रिलमा गलवान क्षेत्रमा भएको झडपपछि थप भूभाग अतिक्रमण गर्ने प्रयास गरेको भारतीय पक्षको जिकिर छ ।

जम्मु कश्मीरलाई दुई भागमा विभाजित गर्ने सरकारको निर्णयलाई भारतीय सर्वोच्च अदालतले सदर गरेसँगै गत डिसेम्बर १६ का दिन चिनियाँ विदेश मन्त्रालयले ‘भारत चीन सीमाको पश्चिमी भूभाग सदैव चीनको रहेको तथ्य नफेरिने’ टिप्पणी गरेको थियो । चीनले लद्दाखलाई दिइएको युनियन टेरिटोरीको मान्यता पनि अस्वीकार गरेको थियो ।

भारतले भने लद्दाख र तिब्बत सँधै फरक मुलुकको रुपमा रहेको र तिब्बतमाथि चीनले गैरकानूनी कब्जा गरेकै भरमा लद्दाख चीनको नहुने उल्लेख गरेको छ । नवौँ शताब्दीमा राजनीतिक खिचातानी भएपछि पश्चिम तिब्बतका राजा लद्दाख आएको र त्यहाँ नामग्याल वंश सुरु गरेको इतिहासमा पढ्न पाइन्छ ।

तिब्बतमा पाचौँ दलाई लामाको शासन हुँदा बौद्ध धर्मको कुन सम्प्रदाय मान्ने भन्ने विषयलाई लिएर लद्दाख र तिब्बतबीच युद्ध भएको थियो । सन् १६८४ मा तिङ्मोस्गाङको सन्धीले पाङ्गोङ ताललाई दुई भागमा विभाजन गरी लद्दाख र तिब्बतबीचको सीमा निर्धारण गरेको थियो । त्यसबाहेक लद्दाखमा डोग्रा शासनको समयमा पनि फेरि एक पटक तिब्बतसँग युद्ध भएको थियो । सन् १८४२ मा लेहको सन्धीले पाङ्गोङ ताललाई दुई भागमा विभाजन गरी पुनः सीमा निर्धारण गरेको थियो ।

हाल ङ्गारी प्रिफेक्चरमा पर्ने पश्चिमी तिब्बतको गुगे र कैलाश पर्वत पनि १२ औँ शताब्दीदेखि लद्दाख अधिराज्यको मातहतमा रहेको थियो । पछि तिङ्मोस्गाङको सन्धीबाट मात्रै लद्दाखले गुगेलाई तिब्बतको जिम्मा लगाएको हो । पाङ्गोङ तालसँगै दुई मुलुकको सीमा कुर्नाक गढले पनि निर्धारण गरेको छ । सन् १९५६ मा प्रकाशित नक्सामा दुई मुलुकबीचको पश्चिमी सीमा कुर्नाक गढले निर्धारण गरेको थियो । उक्त नक्सालाई तत्कालीन चिनियाँ प्रधानमन्त्री झाउ एनलाईले पनि स्वीकार गरेका थिए ।

सन् १९६० मा चीनले लद्दाखमा थप भूभागमा आफ्नो सार्वभौमिकता दाबी गरी नयाँ नक्सा जारी गरेपछि तनाव चुलिएको थियो । सन् १९६२ मा भएको युद्धको समयमा चीनले ती सबै भूभागमाथि कब्जा गरी पाङ्गोङ तालको उत्तरमा सिरिजापसम्म आफ्नो उपस्थिती कायम गरेको थियो । त्यसयता चीनले विस्तारै आफ्नो सीमा पश्चिमतर्फ सार्दै आएको छ ।

गलवानमा भएको झडपपछि चीनले उक्त उक्त तालमा दुई वटा पुल पनि बनाएको छ । त्यसमध्ये एउटा पुल भएर ट्यांक पनि ओहोर दोहोर गर्नसक्छ ।

सन् १९५८ देखि १९६२ सम्म झाउ एनलाई र जवाहरलाल नेहरु तथा दुई मुलुकका विदेश मन्त्रालयबीच भएका सूचना आदान प्रदानमा सन् १८४२ मा लद्दाख र तिब्बतले हस्ताक्षर गरेको सन्धी नै औपचारिक रहेको उल्लेख छ । सीआईएले सार्वजनिक गरेको नक्सामा सन् १९५८ सम्म पनि भारतीय सैनिकले अक्साई चीनको लानाक ला क्षेत्रसम्म गस्ती गर्ने गरेको उल्लेख छ । सन् १९५९ को अक्टोबर महिनामा यही क्षेत्रमा चिनियाँ फौजले भारतीय सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए । धेरैले यही घटनाबाट भारत र चीनबीच युद्धको सुरुवात भएको विश्वास गर्छन् ।

लद्दाख भारतमा सामेल हुनुअघिसम्म लानक ला क्षेत्र लद्दाखी भूभाग रहेको थियो । तिब्बत र सिन्जियाङलाई जोड्न चीनले आफ्नो कब्जामा रहेको भारतीय भूमिमा अक्साइ चीन सडक बनाएर भारतको सार्वभौमिकता उल्लङ्घन गरेको भारतीय पक्षको आरोप छ । अक्साइ चीन सडक बनाएदेखि चीनले पूर्वी लद्दाखमा सुस्त गतिमा आक्रमण गरिरहेको र सबाट चीनले रणनीतिक फाइदा उठाउन खोजेको भारतीय पक्षको ठम्याइ छ । सन् १९६५ मा पाकिस्तानसँग भारतको तनाव चुलिएको मौका छोपी चीनले पाङ्गोङ तालको फिङर ४ क्षेत्रमा अतिक्रमण गरेको थियो ।

त्यसयता चीनले भारतसँगको सीमा क्षेत्रमा घुसपैठको प्रयास गरि नै रहेको छ । सन् २०१३ मा पनि चीनले डेप्साङ मैदानमा यस्तै घुसपैठ गरेको थियो । सन् २०२० को अप्रिल महिनामा विश्व कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेको मौका छोपी चीनले पूर्वी लद्दाखमा आक्रमण गरेको थियो ।

चीनले अहिले आएर भारतीय भूमिबाट पछि हट्न अस्वीकार गर्दै आएको छ । काराकोरम भन्ज्याङ र दौलत बेग हवाई अड्डा नजिकै पर्ने रणनीतिक महत्वको डेप्साङ मैदानबाट पनि चीन पछि हट्न मानिरहेको छैन ।

अहिले सन् १९६२ को जस्तो अवस्था नरहेको र लद्दाखमा आफ्नो भूमिको रक्षा गर्न भारतीय सेना सक्षम रहेको भारतीय पक्षको जिकिर छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ५६ बजे

धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०/८१

हनुमन्ते नदी पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान

भक्तपुर – भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि

दार्चुलाबाट लक्ष्यभन्दा कम यार्सागुम्बा निकासी

दार्चुला – गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम

गाजामा मृत आमाको कोखबाट नवजात शिशुको उद्धार

गाजा – इजरायली आक्रमणमा ज्यान गुमाएकी एक आमाको कोखबाट एक

सालको अवैध काठसहित भारतीय सफारी गाडी नियन्त्रणमा

रौतहट –सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्रबाट