आजको मौसम सफा, भोलि र पर्सि कस्तो हुनेछ? « Khabarhub

आजको मौसम सफा, भोलि र पर्सि कस्तो हुनेछ?


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज थोरै भू-भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना छैन ।

दिउँसो प्रदेश १ मा र राति प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ ।

भोलि आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पर्सि सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : २६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी