रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई « Khabarhub

रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा – ‘रोहिणी अध्यक्ष कप २०७९’ क्रिकेटको उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो।

टस हारेर ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २१९ रन बनायो। उसका लागि धिरुले ८५, अबरारले ४१ र सम्सादले २६ रनको योगदान गरे। बलिङमा रोहिणी–२ का आकाश, विनायक र सई मोहम्मदले २-२ विकेट लिए।

जीतका लागि २२० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेट गुमाउँदै १७० रन बनायो। उसका लागि कमलले ५८, इन्जमामले ४० र पंकजले ३८ रनको योगदान गरे। बलिङमा रोहिणी–१ का धिरुले ३ र अफसरले २ विकेट लिए। प्रतियोगिताको म्यान अफ द म्याच धिरु, म्यान द अफ द सिरिज धिरु, बेस्ट ब्याटसम्यान कमलेश र बेस्ट बलर धिरु घोषित भए।

नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा गत माघ ३ गते रोहिणी–३, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको थियो।

विजेतालाई ६० हजार र उपविजेतालाई ३० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए। सेमीफाइनलमा पुगेका दुईवटा टिमलाई १५-१५ हजार प्रदान गरिएको कुर्मीले जानकारी दिए। प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका ७ र एउटा कर्मचारीको टिम गरी ८ वटा टिमको सहभागिता रहेको थियो।

शुक्रबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव, प्रवक्ता वीरबहादुर क्षेत्री, वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठान, रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खाँ, महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्मा, सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम रेग्मी लगायतले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष यादवले रोहिणीमा नमूना खेलमैदान निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ४० बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको