रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई « Khabarhub

रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा – ‘रोहिणी अध्यक्ष कप २०७९’ क्रिकेटको उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो।

टस हारेर ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २१९ रन बनायो। उसका लागि धिरुले ८५, अबरारले ४१ र सम्सादले २६ रनको योगदान गरे। बलिङमा रोहिणी–२ का आकाश, विनायक र सई मोहम्मदले २-२ विकेट लिए।

जीतका लागि २२० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेट गुमाउँदै १७० रन बनायो। उसका लागि कमलले ५८, इन्जमामले ४० र पंकजले ३८ रनको योगदान गरे। बलिङमा रोहिणी–१ का धिरुले ३ र अफसरले २ विकेट लिए। प्रतियोगिताको म्यान अफ द म्याच धिरु, म्यान द अफ द सिरिज धिरु, बेस्ट ब्याटसम्यान कमलेश र बेस्ट बलर धिरु घोषित भए।

नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा गत माघ ३ गते रोहिणी–३, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको थियो।

विजेतालाई ६० हजार र उपविजेतालाई ३० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए। सेमीफाइनलमा पुगेका दुईवटा टिमलाई १५-१५ हजार प्रदान गरिएको कुर्मीले जानकारी दिए। प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका ७ र एउटा कर्मचारीको टिम गरी ८ वटा टिमको सहभागिता रहेको थियो।

शुक्रबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव, प्रवक्ता वीरबहादुर क्षेत्री, वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठान, रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खाँ, महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्मा, सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम रेग्मी लगायतले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष यादवले रोहिणीमा नमूना खेलमैदान निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ४० बजे

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

नेपाललाई ओमानले दियो ३०६ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपाललाई ३०६ रनको

संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई विष्णु पौडेलको सुझाव 

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको

महावीर पुनले किताब बेचेरै कमाए १८ करोड ५७ लाख रूपैयाँ

काठमाडौं- प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथासम्बन्धी किताब