साउदीमा थप ५७ नेपालीले पाए एक्जिट भिसा « Khabarhub

साउदीमा थप ५७ नेपालीले पाए एक्जिट भिसा



दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५७ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ५७ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

दुई हप्ता भित्रै साउदी छोडि सक्नुपर्ने 

साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको भएको छ ।

केही आवेदकहरूको एक्जिट भिसा लागेको ७ दिनभन्दा बढी भइसकेकोले दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएका हुरूब लागेका व्यक्तिहरूले बढिमा अबको ७ दिन भित्रै साउदी छोडि सक्न पनि दूतावासले अनुरोध गरेको छ ।

अरूलाई पनि आफ्नो एक्जिट भिसाको म्याद हेर्न र एक्जिट भिसाको म्याद भित्रै साउदी छोड्न दूतावासले भनेको छ ।

थप जानकारीका लागि दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ५८ बजे

स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट झापा क्षेत्र नम्बर २

एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले

‘अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेहरू कारबाहीमा पर्छन्’

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो

इनड्राइभको ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

काठमाडौं– इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईँको रोजाइमा’ अभियान अन्तर्गत ड्राइभर पार्टनर्सका

ट्रम्पको कदमपछि युरोपमा राहत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कडा अडान