जनजागृति विद्यालयमा शिक्षक राख्न अक्षयकोष « Khabarhub

जनजागृति विद्यालयमा शिक्षक राख्न अक्षयकोष


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित जनजागृति गङ्गा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ । सोही वडास्थित आँपस्वाँरा सामुदायिक दलित होमस्टे र हेमसन इष्टिच्युटको सहकार्यमा रु आठ लाख २४ हजार एकको अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयको ५१ औँ वार्षिकोत्सव एवं अभिभावक भेलाको अवसरमा होमस्टेका अध्यक्ष रेशमबहादुर विकले विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। विद्यालय र होमस्टेको नाउँमा राखिएको अक्षयकोष रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा निजी स्रोतका शिक्षक राखेर पठनपाठनमा सहज बनाउने लक्ष्य रहेको छ ।

तल्लो तहका विद्यार्थीलाई गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यले दक्ष शिक्षक राखेर पठनपाठन कार्यलाई सहज बनाउने योजना रहेको छ । उनले भने, “सुरु कक्षाको शैक्षिक गुणस्तर राम्रो भयो भने माथिल्ला कक्षामा राम्रो प्रभाव पर्नसक्ने विश्वास गरिएको छ ।” उक्त विद्यालयमा अहिले करिब रु १७ लाखको अक्षयकोष स्थापना गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर विकले जानकारी दिए । उक्त विद्यालयमा दलित, जनजाति, गरिब र विपन्न समुदायका गरी दुई सय १३ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : २५ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक