डिभर्नामा रहेको चट्टानको बनावट देखेर पर्यटक प्रफुल्लित « Khabarhub

डिभर्नामा रहेको चट्टानको बनावट देखेर पर्यटक प्रफुल्लित


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ डिभर्नामा रहेको ‘रक गार्डेन’ को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरूपमा रहेको चट्टान आफैँ गार्डेनजस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिस चट्टानको बनावट र त्यहाँको वातावरण देखेर प्रफुल्लित हुन्छन् । चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुंगाको बगैँचामा जाने मासिन आनन्दित हुने गरेका छन् । 

कलात्मकरुपमा मानिसले आफैँ सजाएर र योजनाअनुसार बनाएर राखेकोजस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका रहेका छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीयस्थलको रुपमा विकास र प्रचार गर्न सन्धिखर्क नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढ्न थालेको सन्धिखर्क नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । 

सो स्थलमा स्थानीय तथा आन्तरिक पर्यटक आउन थालेका छन् । पर्यटकको लागि शौचालय, ट्रस्ट तथा एक मन्दिर बनाइएको छ । प्राकृतिकरूपमा बनेको ढुंगाको बगैँचाको प्रचार र विकासमा ध्यान दिनसकेमा सन्धिखर्क नगरपालिकाको महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने सन्धिखर्क नगरपालिका-११ का वडाध्यक्ष चेतनारायण आचार्यले बताए । अहिले पनि जिल्लाभित्रका मानिस दैनिकरूपमा त्यहाँ घुम्न पुग्छन् । 

लुम्बिनी र सुपा देउराली मन्दिरमा आएका पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र यो गार्डेनमा ल्याउन सके सन्धिखर्कमा चहलपहल बढ्ने छ । चहलपहल बढाउन योजनाका साथ आफूहरूले काम गरिरहेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । यहाँबाट सन्धिखर्क, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी र छत्रदे गाउँपालिका मात्र हैन पाल्पा र प्युठानका केही भाग हेर्न सकिन्छ । 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १२ : ५२ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा