भारतीय पर्यटकको रोजाई बन्न सक्ला मानसरोवर ? « Khabarhub

भारतीय पर्यटकको रोजाई बन्न सक्ला मानसरोवर ?

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटन व्यवसायीको नयाँ दौडधुप


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : हिन्दु धर्मावलम्बीको ठूलो आस्था पशुपति मन्दिरमाथि छ । उनीहरु वर्षेनी हजारौँको संख्यामा पशुपति मन्दिर दर्शनका लागि आउने गरेका छन् । जसले नेपालको धार्मिक पर्यटनमा ठूलो टेवा दिएको छ । नेपालको पशुपति मन्दिर संसारभरका हिन्दु धर्मावलम्बीका लागि पनि विशेष भएकै कारण विश्वसम्पदा सूचीमा छ ।

जसकारण पशुपतिको प्रचारप्रसार र महिमा विश्वभर बढेको छ । पशुपतिसँगै भारतीयले ठूलो आस्था राख्ने गरेको अर्को ठाउँ हो, कैलाश मानसरोवर । चीनमा अवस्थित कैलाश मानसरोवर जान नेपालकै बाटो प्रयोग गर्नुपर्छ ।

मानसरोवर दर्शन गर्न यसअघि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीदेखि केही समयअघि सद्गुरु पनि आएका थिए । जसले नेपाली बाटो प्रयोग गरे । सद्गूरले झन् हुम्लाको लाप्चा र लिमीबाटै मानसरोवरको दर्शन गरेका थिए ।

यसले नेपालको पर्यटनमा झन् ठूलो टेवा दिएको थियो । त्यसपछि पटक पटक गरेर भारतीय पर्यटक नेपाल आएर हुम्लाको लिमी र लाप्चाबाट दर्शन गरेका छन् । तर अहिलेकै अवस्थाले मानसरोवर दर्शन महँगो छ ।

भारतीयहरू यसका लागि नेपालगञ्ज वा काठमाडौँ आएर त्यसपछि हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गरेर हिँड्दै वा हेलिकोप्टर चार्टर्ड गरेर मानसरोवर पुग्ने गरेका छन् । तर अब भारतीयको इच्छा र आकांक्षा बुझेर नेपालगञ्जबाटै माउन्टेन फ्लाइट हुँदैछ ।

नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शन गर्ने गरि नाट्टा बाँके च्याप्टरले यसपटकको वेष्टर्न ट्राभल मार्टदेखि मानसरोवर माउन्टेन फ्लाइट सुरु गरेको हो । यसलाई नेपालको बाटो हुँदै मानसरोवर दर्शन गर्ने भारतीयलाई ठूलो ऐतिहासिक अवस्थामा ल्याउने उद्देश्य बोकिएको छ ।

माघ १६ गतेदेखि सुरु हुने माउन्टेन फ्लाइट नेपालगञ्जबाट मानसरोवरकै लागि गरिने पहिलो फ्लाइट हो । बुद्ध एयरका नेपालगञ्ज विमानस्थल प्रमुख विनीत शाहले पहिलोपटक गर्न लागिएको फ्लाइटले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम दिने बताए ।

यसअघि फ्लाइट नगरिएकाले मानसरोवर रुटको विषयमा तत्काल यकिन गर्न नसकिने उनले बताए । मानसरोवर जाँदा जहाजबाटै रारा, शे-फोक्सुन्डो तालदेखि केही पर खप्तड र बडिमालिका हेर्न सकिने अनुमान छ ।

यस्तै काञ्जिरोवा हिमाल, चंखेली हिमाल, सिस्ने हिमालदेखि अन्य कर्णाली तथा सुदूरपश्चिमका हिमालको दृश्यवालोकन गर्न सकिने पनि अनुमान गरिएको छ । तर त्यो भन्दा महत्वपूर्ण कुरा मानसरोवर भारतीय पर्यटकका लागि पहिलो रोजाइ बन्न सक्ला कि नसक्ला ? भन्ने मुख्य चिन्ता र चासो छ ।

झण्डै ६६ जना भारतीय पर्यटकसहितको माउन्टेन फ्लाइटबाट प्रभावित भएर आगामी दिनमा यसको सकारात्मक प्रभाव पारेमा भोलिका दिनमा नेपालगञ्जमा भारतीय पर्यटक भरिनेछन् । भारतीय व्यापारीलाई केन्द्रित गरेर नेपालगञ्जमा अहिले पाँच वटा क्यासिनो चलिरहेका छन् ।

पहिलो उडान सफल भएको खण्डमा नेपालगञ्ज भारतीय पर्यटकले भरिनेछन् । जसका कारण पोखरा, मानसरोवरदेखि खप्तडसम्मका पर्यटकीय क्षेत्रमा ठूलो टेवा पुग्नेछ । पश्चिम नेपालको पर्यटनमा यसले ठूलो सम्भावना देखाउनेछ ।

सबैभन्दा महत्वपूर्ण कुरा पश्चिम नेपालको पर्यटकीय दृष्टिकोणमा पनि फरक पार्नेछ । पश्चिम नेपालको पर्यटकीय क्षेत्रमा निर्माण भएका पूर्वाधार संरचना, पहुँच र त्यो भन्दा महत्वपूर्ण कुरा पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका सञ्चार भएमा यसको उपलब्धि असाधारण हुने देखिन्छ ।

यसका लागि पश्चिम नेपालका पर्यटन व्यवसायी यतिबेला वेष्टन ट्राभल मार्टको सफल आयोजना, व्यवस्थापनदेखि भारतीय टूर अपरेटरलाई बागेश्वरी मन्दिर, कैलाश मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरको सफल भ्रमण गराउन लागि परेका छन् ।

‘हाम्रो उद्देश्य पश्चिम नेपालको पर्यटन विकासमा नयाँ आयाम थप्ने हो । यसका लागि ट्राभल मार्टकै बेलामा मानसरोवर माउन्टेन फ्लाइट गर्दैछौँ’ आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘मार्टसँगै पश्चिम नेपालको नयाँ गन्तव्य र पर्यटन प्रवर्द्धनमा मानसरोवरका लागि माउन्टेन फ्लाइटले ठूलो भूमिका खेल्नेछ ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  २ : ३८ बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : हर्क साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले