वेष्टर्न ट्राभल मार्टको तयारी पूरा, मानसरोवर फ्लाइट सोमबार हुँदै « Khabarhub

वेष्टर्न ट्राभल मार्टको तयारी पूरा, मानसरोवर फ्लाइट सोमबार हुँदै


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जमा आइतबारदेखि सुरु हुने वेष्टर्न ट्राभल मार्टको सबै तयारी पूरा भएको छ । आयोजक नाट्टा बाँके च्याप्टरले शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर वेष्टर्न ट्राभल मार्टको तयारी पूरा भएको जनाएको हो ।

यसपटकको मार्टमा मानसरोवर ‘माउन्टेन फ्लाइट’ आकर्षणको केन्द्रबिन्दुमा छ । ६६ जना भारतीय टूर अपरेटरसहित सोमबार बिहान साढे ७ बजे मानसरोवर माउन्टेन फ्लाइट हुने आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘नेपाल पर्यटन बोर्डको सहयोग र सहकार्यमा पहिलोपटक ६६ जनाभन्दा धेरै भारतीय टूर अपरेटर नेपालगञ्ज ल्याउनु पश्चिम नेपालको पर्यटन व्यवसायमा ठूलो उपलब्धि हो’ उनले पत्रकार सम्मेलनमा भने, ‘

उनका अनुसार पहिलोपटक ठूलो सङ्ख्यामा भारतीय टूर अपरेटर र भारतीय पत्रकार नेपाल आउन लागेका हुन् । सो टोलीमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) का पदाधिकारी र सदस्य पनि छन् । उनीहरूको विशेष बैठक नेपालगञ्ज वा बर्दियाको ठाकुराद्धारमा हुने सम्भावना पनि छ ।

नेपालगञ्जमा रहेको सिद्धार्थ होटलमा हुने कार्यक्रम आइतबारदेखि मंगलबारसम्म चल्नेछ । कार्यक्रमका लागि भारतीय टूर अपरेटर, भारतीय पत्रकार, नेपाल पर्यटन बोर्डका अधिकृत, नाट्टा, टान, हान, रेवान, नारा लगायत पर्यटन व्यवसायी संघ संस्थाका प्रमुख तथा पदाधिकारीका साथै सोलो ट्राभलर कञ्चन राई ‘घुमन्ते’ र सिर्जना सिज्जु पनि आउनेछन् ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ३ : ०८ बजे

बाँसबाट निर्माण हुने संरचनाको डिजाइन मार्गदर्शन स्वीकृत : अब बाँसको घर बनाउन सकिने

काठमाडौं – सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन

जाडोमा चिसो खानु हुँदैन भन्ने भ्रम हो : पोषणविद्

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा रुघाखोकी, ज्वरो,

विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

जनकपुरधाम– सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि गरिँदैछ

सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

काठमाडौं– सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक

कृषकलाई सुन्तला ढुवानीमा सधैँको समस्या

तनहुँ– देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको