पूर्वी जेरुसलेममा बन्दुकधारीले गरेको आक्रमणमा ७ जनाको मृत्यु « Khabarhub

पूर्वी जेरुसलेममा बन्दुकधारीले गरेको आक्रमणमा ७ जनाको मृत्यु


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको पूर्वी जेरुसलेममा प्रार्थना गर्न भेला भएका यहुदी श्रद्धालुमाथि एक जना प्यालेष्टाइनी बन्दुकधारीले आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ ।

उक्त आक्रमणमा अरु तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणमा उक्त हताहति भएको प्रहरीले जनाएको छ । आक्रमणलाई आतङ्कवादी हमलाको संज्ञा दिइएको छ ।

इजरायलका प्रहरी आयुक्त कोबी शाब्ताईले उक्त आक्रमण हालैका वर्षमा भएका हमलामध्ये सबैभन्दा घातक भएको बताएका छन् । हमलामा एक जना ७० वर्षीया महिलाको पनि ज्यान गएको बताइएको छ । इजरायली सुरक्षाकर्मीको जवाफी कारवाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ ।

प्यालेष्टाइनी लडाकु समूहले आक्रमणको प्रशंसा गरेपनि घटनाको जिम्मेवारी लिएको छैन । उक्त समूहले प्यालेष्टाइनको वेस्ट बैंक र गाजा क्षेत्रमा मिठाइ बाँडेर खुशियाली मनाएको बताइएको छ । पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारवाहीमा नौ जना प्यालेष्टाइनी मारिएपछि जेरुसलेममा आतङ्ककारी आक्रमण भएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार भ्रमण गर्नै लाग्दा यहुदी प्रार्थानासभामा आक्रमण भएको हो । यस हमलाले पश्चिम एशियाको सुरक्षामा थप संशय थपेको विश्लेषण गरिएको छ । अमेरिकाले आक्रमणको निन्दा गर्दै त्यसलाई सभ्य समाजविरुद्धको हमला भनेको छ ।

साथै उसले इजरायललाई उसको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । शुक्रबार नै राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिका इजरायलको पक्षमा रहेको बताउँदै आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : ४१ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका