पूर्वी जेरुसलेममा बन्दुकधारीले गरेको आक्रमणमा ७ जनाको मृत्यु | Khabarhub Khabarhub

पूर्वी जेरुसलेममा बन्दुकधारीले गरेको आक्रमणमा ७ जनाको मृत्यु


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको पूर्वी जेरुसलेममा प्रार्थना गर्न भेला भएका यहुदी श्रद्धालुमाथि एक जना प्यालेष्टाइनी बन्दुकधारीले आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ ।

उक्त आक्रमणमा अरु तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणमा उक्त हताहति भएको प्रहरीले जनाएको छ । आक्रमणलाई आतङ्कवादी हमलाको संज्ञा दिइएको छ ।

इजरायलका प्रहरी आयुक्त कोबी शाब्ताईले उक्त आक्रमण हालैका वर्षमा भएका हमलामध्ये सबैभन्दा घातक भएको बताएका छन् । हमलामा एक जना ७० वर्षीया महिलाको पनि ज्यान गएको बताइएको छ । इजरायली सुरक्षाकर्मीको जवाफी कारवाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ ।

प्यालेष्टाइनी लडाकु समूहले आक्रमणको प्रशंसा गरेपनि घटनाको जिम्मेवारी लिएको छैन । उक्त समूहले प्यालेष्टाइनको वेस्ट बैंक र गाजा क्षेत्रमा मिठाइ बाँडेर खुशियाली मनाएको बताइएको छ । पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारवाहीमा नौ जना प्यालेष्टाइनी मारिएपछि जेरुसलेममा आतङ्ककारी आक्रमण भएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार भ्रमण गर्नै लाग्दा यहुदी प्रार्थानासभामा आक्रमण भएको हो । यस हमलाले पश्चिम एशियाको सुरक्षामा थप संशय थपेको विश्लेषण गरिएको छ । अमेरिकाले आक्रमणको निन्दा गर्दै त्यसलाई सभ्य समाजविरुद्धको हमला भनेको छ ।

साथै उसले इजरायललाई उसको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । शुक्रबार नै राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिका इजरायलको पक्षमा रहेको बताउँदै आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : ४१ बजे

पब्जी मोबाइल विश्वकप : नेपालको ‘होर ईस्पोर्ट्स’ अन्तिम १६ मा

काठमाडौं – नेपालको ‘होर ईस्पोर्ट्स’ टोलीले अन्तर्राष्ट्रिय पब्जी मोबाइल विश्वकपको

तिब्बतबाट मेसिन ल्याएर गहुँ भित्र्याउँदै हिमाली भेगका किसान

गोरखा – हिमाली भेगका किसान कृषिमा यान्त्रिकरण भित्र्याउन थालेका छन्

कास्कीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा आज पहिरोमा परेर एक

छलफल गरेर मात्रै मिडिया काउन्सिल विधेयक अगाडि बढाउन अनुरोध

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस

मनराशिसवाका किसानलाई मालपोत राजस्वमा शतप्रतिशत छुट

जनकपुरधाम – सुक्खाग्रस्त क्षेत्रका किसानलाई आर्थिकरुपमा राहत दिन महोत्तरीको मनराशिसवा