राजनीतिक स्थिरता नभएसम्म देशको विकास असम्भव | Khabarhub Khabarhub

राजनीतिक स्थिरता नभएसम्म देशको विकास असम्भव


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

राजनीतिक समीकरण फेरि एक पटक बदलिएको छ । पुरानो गठबन्धन भत्किएर आठ दलको गठबन्धन बनेको छ । पहिलेका पाँच दलको गठबन्धनमा केही नयाँ दल पनि मिसिएका छन् । राजनीतिक वृत्तमा चुनावअघि एउटा, चुनावपछि अर्को, प्रधानमन्त्री बन्ने बेला एउटा र राष्ट्रपति बनाउने बेला अर्को गठबन्धन बनेका छन् । नेपालको राजनीतिमा गठबन्धनको सिलसिला रोकिएको छैन । पछिल्लो बदलिएको समीकरणले नेपालको राजनीतिक दिशा कतातिर उन्मुख हुन खोज्दै छ त ? बदलिएको समीकरणको प्रभाव के हुन सक्छ ? यस विषयमा आधारित रहेर राजनीतिक विश्लेषक डा केपी शर्मासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश-

एकले अर्कोलाई धोका दिएमा मात्र राजनीति सफल हुन्छ भन्ने अवस्था विकसित हुने क्रममा छ, यो अवस्था आउनुको पछाडि मुख्य कारण के होला ?

यसको कारण खोजी गर्ने काम हाम्रो हो । मुख्य कारण निर्वाचन प्रणाली र राजनीतिक संरचना नै हो जस्तो लाग्छ । हाम्रो राजनीतिक दलहरू नै बलिया छैनन् र हाम्रो विधान पनि ठिक छैन । नेपालमा कुनै एक पार्टीले स्थीर संरचना वा विकासका काम गर्छ भन्ने मलाई लाग्दैन ।

अहिलेको समयमा जनतामुखि राजनीति किन हुन नसकेको होला ?

विकासको कुरा हुने बेला स्थिरताको अपेक्षा रहनु स्वाभाविक छ । जब राजनीतिक स्थिरता हुँदैन, तब विकासको कुरा सोच्न पनि असम्भव छ । देशमा स्थिर राजनीतिक प्रणाली नै छैन । त्यस कारण विदेशी शक्ति केन्द्रले जति बेला पनि हल्लाउन सक्छन् । अहिलेको राजनीतिमा षड्यन्त्र र अनैतिक खेल भएकोजस्तो सबैलाई आभाष भएको छ ।

भारतसँग मित्रताका कारण अमेरिका नेपालसँग जोडिएर आएको हो ? चीनलाई पछाडि धकेल्न अमेरिका नेपालसँग जोडिएको हो ? पछिल्लो गठबन्धनले त्यस्तो देखाउँछ ?

भारत दक्षिण एसियाको क्षेत्रीय लिडर हो । नेपालले भोलि भारतलाई नगन्ने हदसम्म अमेरिकाले हस्तक्षेप नगरोस् भन्ने भारतीयको सोच मैले बुझेको छु । अमेरिकाले प्रत्यक्ष रूपमा एमसीसी आएपछि सक्रियता देखाएको छ । हिजो र आजको राजनीतिक समीकरणमा खासै फरक छैन । पाँच दलको समीकरण र आठ दलको समीकरणमा खासै केही फरक नै छैन । भारतले चाहेको उम्मेदवार रामचन्द्र पौडेल होइनन् । भारतले चाहेको उम्मेदवार कृष्णप्रसाद सिटौला वा महन्थ ठाकुर होलान् । भारत र अमेरिकाको सोचअनुसारको बाटो नेपाल हिँडेको बुझिन्छ । राजनीतिमा अहिले सर्वमान्य लिडर नभएकोले अविश्वासको वातावरण बनेको छ ।

नेपालले अरू देशले खेलेको खेललाई बुझेको छ ?

कसरी सत्तामा रहन सक्छु भन्नेमा प्रचण्डले दिमाग घुमाएका छन् । अर्थशास्त्रीय हिसाबमा एमसीसी आएको छ, त्यो एक सानो रूप मात्र हो । नेपाल तानातानको बेहाल स्थितिमा छ । अमेरिका र भारतको चेपमा नेपाल र नेपाली राजनीतिक नेता समेत पिसिइरहेका छन् ।

 प्रस्तुति- कुसुम गौतम

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १२ : ५८ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।