केपिलासगढी-टेम्के मैयुङ जोड्ने सडक उद्घाटन « Khabarhub

केपिलासगढी-टेम्के मैयुङ जोड्ने सडक उद्घाटन


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन गरिएको छ । केपिलासगढी गाउँपालिका–१ फेदी र टेम्के मैयुङ गाउँपालिका-१ तिम्मा जोड्ने ‘फेदी-धोद्रे-भोजपुर सडक’ उद्घाटन गरिएको हो । फेदीबाट धोद्रे-भोजपुर हुँदै पूर्वी तराई जोड्ने छोटो दुरीको सडक सोमबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

गाउँपालिकाका पुर्वअध्यक्ष कृष्णकुमार राईको कार्यकालमा फेदीबाट लामोचौंरसम्मभोजपुरतर्फबाट धोद्रेको भालु खोलासम्म सडक बनिसकेको अवस्थामा केपिलासगढी गाउँपालिकाले साँढे १० लाख बजेट खर्च गरेर बीचको बाँकी डेढ किलोमिटर खण्ड खनेर सडकलाई जोडिएको हो ।

उपभोक्ता समितिमार्फत सडक जोड्ने काम पुरा गरिएको हो । भोजपुर हुँदै पूर्वी शहर आउजाउ गर्ने छोटो दुरीको सडक बनेसँगै स्थानीय हर्षित भएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए । यस सडकले अन्तर जिल्ला व्यापार, व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

फेदीबाट भोजपुर जोड्ने सडक सञ्जाल विस्तार भएपछि केपिलासगढी गाउँपालिकाका स्थानीयलाई पूर्वी तराई झर्न दिक्तेल-हलेसी सडकभन्दा छिटो र छोटो बाटो खुलेको छ । ‘फेदी–धोद्रे-भोजपुर सडक’मार्फत झण्डै दुई घण्टामा भोजपुर पुग्न सकिने वातावरण बनेको गाउँपालिका अध्यक्ष राईले बताए ।

सडक उद्घाटन कार्यक्रममा खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राई, सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राई, बासपानीका वडाध्यक्ष तुलाराम राई, वडा सदस्य, स्थानीय लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : ५९ बजे

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया