भद्रपुर झापा गोल्डकपको उपाधि आर्मीलाई « Khabarhub

भद्रपुर झापा गोल्डकपको उपाधि आर्मीलाई


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप’को उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

आज भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको समयमा पनि दुवै टोलीका तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले रोकेका थिए । आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोके । टाइब्रेकरमा आर्मीका दीपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे भने मछिन्द्रका लागि दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरेका थिए । जितसँगै आर्मीले रू १३ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता मच्छिन्द्रले रू सात पुरस्कार प्राप्त ग¥यो ।

खेलको ७३औँ मिनेटमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि दुवैजनाले रातो कार्ड पाएका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उदियमान खेलाडी मछिन्द्रका सौरव राई र उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले जनही रु २५ हजार पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले रु एक लाख पुरस्कार पाए ।

विजेता तथा उपविजेतालाई झापा क्षेत्र नं। १ का सांसद् एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदान गरेका थिए । उनले झापा सामाजिक, आर्थिक, राजनीतिकसँगै खेलकुद क्षेत्रमा अब्बल भएको बताए । आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पूर्व फुटबल खेलाडी गम्भीर राईलाई पुरस्कृत गरेको छ । उनले एक थान मोटरसाइकल प्राप्त गरे । यही फागुन ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : २९ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका