चेल्सी गाेल रक्षक सिल्भा एक महिना मैदान बाहिर रहने « Khabarhub

चेल्सी गाेल रक्षक सिल्भा एक महिना मैदान बाहिर रहने


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि एक महिना भन्दा बढी मैदान बाहिर रहने भएका छन् ।

आइतबार इङ्लिस प्रिमियर लिग अन्तरगत टोनहमसँगको खेलमा घुँडाको चोटका कारण २० मिनेट मै मैदानबाट बाहिरिएका सिल्भाले एक महिना भन्दा बढी आरम गर्नुपर्ने भएको हो ।

‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका कारण थियागोले सोमबार क्लबको प्रशिक्षणमा खुट्टाको जाँच र स्क्यान गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘स्क्यानको नतिजाका आधारमा थियागोको लिगामेन्टमा समस्या छ । सिल्भा निको नहुन्जेलसम्म मेडिकल टिमको निरिक्षणमा रहने छन् । आशा छ उनी चाँडै नै मैदानमा फर्किनेछन् ।’

सन् २०२० मा फ्रेन्च क्लब पेरिसेन्ट जर्मन ९पिएसजी० बाट चेल्सी पुगेका ब्राजिलियन सिल्भाले इङ्लिस क्लबबाट एक सय नौ खेल खेलेका छन् । खराब खेलिरहेको चेल्सी माथी गोलरक्षक सिल्भा पनि एक महिना बाहिर रहनु पर्दा थप दबाब बढेको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : १२ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा