सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै  | Khabarhub Khabarhub

सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै 


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे सुरु हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबार छलफल गरेर आज बैठक बोलाएका हुन् ।

आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद् विस्तारका बारेमा छलफल हुनेछ । यसैगरी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित अन्य भागबन्डामा पनि प्याकेजमै सहमति गर्ने गरी छलफल अघि बढेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको संघ सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ०९ बजे

ओलीलाई पोखरेलको चुनौती : भदौ २३ पछि देशको परिस्थिति फेरियो, महाधिवेशनमा नयाँ बहस हुनुपर्छ

काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं– अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको

भोजपुर–काठमाडौं हवाई उडान थपिँदा बिरामीलाई सहज

भोजपुर– नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला

अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल–  पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्फोटक