सिस्नु खानुका फाइदा « Khabarhub

सिस्नु खानुका फाइदा

सिस्नुको फूल पात, जरा, डाक्ला सबै खान सकिन्छ


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – के तपाईँलाई थाहा छ सिस्नुका अचुक फाइदाहरू ? हरियो पात भएका काँडे घाँसका रूपमा पनि चिनिने सिस्नु एउटा यस्तो चिज हो जसलाई हात खुट्टा वा कुनै पनि नाङ्गो शरीरले छुँदा छुँदा पोल्ने र लामो समयसम्म झमझमाउने गर्दछ । एउटा बेफाइदा भए पनि यसका धेरै फाइदा छन् ।

यसले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । साधरणतया सिस्नुलाई हामीले तरकारीको लागि प्रयोग गर्दछौं । तर सागसब्जीको तुलनामा सिस्नुमा बढी भिटामिन पाइने चिकित्सक बताउँछन् । सिस्नुमा भिटामिन ए, सी, डी, फलाम, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक तत्त्वहरू पनि पाइने गर्दछन् । यसको सेवनले मुटु र मधुमेह सम्बन्धी हरेक समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

कसरी खाने त ?
हप्ताको एक दिन सिस्नु खानाले पेटमा भएका सबै विकार दिसाको माध्यमबाट बाहिर जान्छन् । जसले गर्दा हाम्रो शरीर स्वस्थ हुन्छ । सिस्नुको फूल पात, जरा, डाक्लालगायत सबै खान सकिन्छ । सिस्नुको मुना र फूललाई तरकारीको रूपमा पकाएर खान सकिन्छ । साथै यसको फूल, पात, मुन्टा सुकाएर राखेर पछिसम्म पनि खान सकिन्छ ।

यस्ता छन् सिस्नुका फाइदा
– उच्च रक्तचाप भएका मानिसले सिस्नु खाँदा निकै लाभ मिल्नका साथै नियन्त्रण हुन्छ ।
– कपाल झर्न बाट रोक्छ ।
– अनुहार चम्किलो बनाउनका साथै छालामा भएका दाग धब्बाहरू हटाउँछ ।
– पिसाबको संक्रमण भएको हटाउन मद्दत गर्छ । साथै पिसाब पोल्ने समस्याबाट छुटकारा समेत दिलाउँछ ।
– यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ ।
– शरीरका हाड जोर्नीमा भएको समस्या समाधान हुन्छ ।
– मिर्गौलाको समस्या, दम डायबिटिज लगायतका समस्याबाट राहत मिल्छ ।
– शरीरमा रगत उत्पादन गर्ने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
– अनियमित महिनावारीमा भएको समस्या हटाउँछ । साथै अन्य स्त्री रोगहरूबाट पनि छुटकारा दिन्छ ।
– आँखा तेजिलो बनाउँछ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ३८ बजे

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा