इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो « Khabarhub

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जाकार्ता – इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।

निकायका अनुसार उद्धार कार्य प्रभावित क्षेत्रमा तीव्र गतिमा जारी रहेको छ । उत्तर सुमात्रा, पश्चिम सुमात्रा र अचेह प्रान्तमा आएको बाढीका कारण झण्डै पाँच लाख ५० हजार मानिस विस्थापित भएको उल्लेख गरिएको छ ।

सडक अवरुद्ध हुनुका साथै सञ्चार अवरुद्ध भएकाले केही प्रभावित क्षेत्रमा पुग्न मुस्किल परेको र बचाउ तथा राहत सामग्री मुख्य रूपमा हवाई माध्यमबाट पु¥याइनुपर्ने अवस्था रहेको निकायले जनाएको छ ।

सोमबार इन्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले सरकारका उद्धार तथा राहत प्रयासहरू पूर्ण क्षमतासहित अघि बढाइएको बताए ।

उनले इन्डोनेशियाले जलवायु परिवर्तनका चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्नुपर्ने र स्थानीय सरकारहरूले वातावरण संरक्षण तथा आगामी चरम मौसमी घटनाका तयारीमा अझ ठूलो भूमिका खेल्नुपर्ने आवश्यकता जोड दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ९ : २२ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय