माइतीघर पुगेर झलनाथ खनालले भने- ‘माग जायज छन्, अन्याय भएको छ’ « Khabarhub

माइतीघर पुगेर झलनाथ खनालले भने- ‘माग जायज छन्, अन्याय भएको छ’


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माइतीघर पुगेर मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

खनालले पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘तपाईंहरुको मागहरु जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ । त्यो सच्चिनुपर्छ । तपाईंहरुले चलाएको आन्दोलनको हामी समर्थन गर्छौं ।’ उनले भने ।

उनले महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ध्यानकर्षणसमेत गराए ।

उनले भने, ‘हामी प्रधानमन्त्रीलाई भेटेर पनि यही कुरा भन्छौं ।  तपाईँहरुको समस्या समाधान गर्नैपर्छ। यो परिवर्तन जनताको लागि हो शोषकको लागि होइन । तपाईंहरुको हितमा सरकारले नीति र कार्यक्रम बनाउनुपर्छ। आवश्यक पर्छ भने नयाँ ऐन पनि बनाउनुपर्छ ।’

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै