माइतीघर पुगेर झलनाथ खनालले भने- ‘माग जायज छन्, अन्याय भएको छ’ « Khabarhub

माइतीघर पुगेर झलनाथ खनालले भने- ‘माग जायज छन्, अन्याय भएको छ’


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माइतीघर पुगेर मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

खनालले पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘तपाईंहरुको मागहरु जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ । त्यो सच्चिनुपर्छ । तपाईंहरुले चलाएको आन्दोलनको हामी समर्थन गर्छौं ।’ उनले भने ।

उनले महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ध्यानकर्षणसमेत गराए ।

उनले भने, ‘हामी प्रधानमन्त्रीलाई भेटेर पनि यही कुरा भन्छौं ।  तपाईँहरुको समस्या समाधान गर्नैपर्छ। यो परिवर्तन जनताको लागि हो शोषकको लागि होइन । तपाईंहरुको हितमा सरकारले नीति र कार्यक्रम बनाउनुपर्छ। आवश्यक पर्छ भने नयाँ ऐन पनि बनाउनुपर्छ ।’

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : २४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल