शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले नेपालले सुरक्षा चुनौतीको सामना गर्नुपर्‍यो : प्रधानमन्त्री « Khabarhub

शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले नेपालले सुरक्षा चुनौतीको सामना गर्नुपर्‍यो : प्रधानमन्त्री


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकारेका छन् । मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताए ।

‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रूपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सिमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरू लगायतका चुनौतीहरू आज हामीले एकसाथ सामना गर्नु परिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ४ : ०७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब