‘धोकबाज हौ तिमी’ गीत पनि प्रचण्डकै लागि गाएजस्तो भएको छ : एमाले सचिव भट्टराई « Khabarhub

‘धोकबाज हौ तिमी’ गीत पनि प्रचण्डकै लागि गाएजस्तो भएको छ : एमाले सचिव भट्टराई


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको आरोप लगाएका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघ मुगुले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला राष्ट्रपति एमालेलाई दिने सहमति भएको बताए । तर यस सहमतिविपरीत प्रचण्डले आफूहरुलाई धोका दिएको उनको आरोप छ ।

गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भएपनि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले एमालेलाई धोका दिएको उनको आरोप छ ।

तत्कालीन सत्ता साझेदार सात दलहरुबीच एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको दाबी गर्ने सचिव भट्टराईले तर, राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको दोहोर्‍याए ।

गायिका एलिना चौहानले ‘धोकेबाज हौ तिमी, धोकबाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उनको टिप्पणी छ

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : ५५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल