मिटरब्याज पीडितसँग गृह मन्त्रालयको टोलीद्वारा भेट « Khabarhub

मिटरब्याज पीडितसँग गृह मन्त्रालयको टोलीद्वारा भेट


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आज आन्दोलनरत मिटरब्याज पीडितसँग भेटघाट गरी समस्या समाधानका विषयमा छलफल गरेको छ । भेटमा मिटरब्याजी समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै शर्माले पीडितलाई आश्वासन दिएका थिए ।

सहसचिव शर्माले पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । ‘यस विषयमा सरकार संवेदनशील छ, सकारात्मक छ भनेर सम्झायौँ’, भेटघाटमा सहभागी काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने । पीडितले प्रधानमन्त्रीसँगै भेटेर कुरा गर्न चाहेको कुरा व्यक्त भएको उनले बताए ।

मिटर‍ब्याज पीडित तराईका विभिन्न जिल्लाबाट ११ दिन हिँडेर काठमाडौँ आएका हुन् । सरकारले उनीहरूको समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ । सरकारले मिटरब्याजसँग सम्बन्धित कानूनलाई संसद्मा लैजाने निर्णय गर्न लागेको बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ४ : ३२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल