सप्तरीमा इँटाभट्टाको पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु « Khabarhub

सप्तरीमा इँटाभट्टाको पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीमा एक इँटाभट्टाको पर्खाल भत्किँदा एक जना भारतीय मजदुरको मृत्यु भएको छ ।

रूपनी गाउँपालिका २ स्थित पिपराहीको जेएसआर इँटा उद्योगको मंगलबार पर्खाल भत्किदा एक जना भारतीय मजदुरको मृत्यु भएको हो । घटनामा दुई जना मजदुर गम्भीर घाइते भएका छन् ।

बिहान ७ बजेतिर इँटा निकाल्ने क्रममा अचानक पर्खाल भत्किँदा भारतको पश्चिम बंगाल राज्य कुच विहार ग्राम पञ्चायत अठरजनी निवासी ४५ वर्षीय अलिम अज्मिको मृत्यु भएको हो ।

पर्खालले चेपिएर गम्भीर घाइते भएका उनको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।

घटनामा मृतककी २८ वर्षीया श्रीमती भुजिन बिबी र सोही ठाँउ निवासी २५ वर्षीय जनमालरुल हक घाइते भएका छन । दुबै जनाको अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता सिंहको भनाई छ ।

 

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ५ : ५८ बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा