सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने « Khabarhub

सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

हालै फोनपे र बोस्टन कन्सल्टिङ ग्रुपले जारी गरेको प्रतिवेदनमा भारतमा डिजिटल भुक्तानीको बजार हाल रहेको ३ ट्रिलियनबाट बढेर सन् २०२६ सम्म १० ट्रिलियन डलर पुग्ने उल्लेख गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०१५ मा भारत सरकारले कारोबार गर्दा ‘फेसलेस, पेपरलेस र क्यसलेस’ भुक्तानीको उद्देश्य राखी डिजिटल इन्डिया कार्यक्रम सुरु गरेको थियो ।

भारतमा युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) डिजिटल भुक्तानीका लागि निकै चर्चित मानिन्छ । यसलाई सन् २०१६ मा भारतको राष्ट्रिय भुक्तानी प्राधिकरण (एनपीसीआई) ले सार्वजनिक गरेको थियो ।

यससँगै परम्परागत रुपमा नगदी कारोबार हुने भारतीय बजारमा पछिल्लो समय डिजिटल कारोबारको हिस्सा झण्डै ४० प्रतिशत पुगेको छ । कोरोना महामारीका बेला भारतका सहरमात्र नभई गाउँसम्म युपीआईको प्रयोग विस्तार भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : ३१ बजे

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु