‘सफा हिमाल अभियान २०२३’ को ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न « Khabarhub

‘सफा हिमाल अभियान २०२३’ को ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने ‘सफा हिमाल अभियान, २०२३’ को थालनीको रुपमा ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न भएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहका बीच सो कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा प्रधान सेनापति शर्माले गत वर्ष सम्पन्न ‘सफा हिमाल अभियान, २०२२’ मा योगदान पु¥याउनुहुने विभिन्न महानुभावलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरेका थिए । साथै उनले ‘सफा हिमाल अभियान, २०२३’ का अभियान नेतृत्वकर्तालाई क्याम्यिन फ्ल्याग’ हस्तान्तरण गरी कार्य सफलताको शुभकामना व्यक्त गरे ।

समारोहमा राष्ट्रियसभाका सदस्य सोनाम ग्याल्जेङ शेर्पा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव सुरेश अधिकारी, बौद्ध गुरु ङवाङ लोजाङ यसी ग्याछोक रिन्पोचे, नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, वन तथा वातावरण र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्व, नेपालस्थित विभिन्न देशका सैनिक सहचारी, पर्वतारोहण क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा अभियानका साझेदार सङ्घसंस्थाका पदाधिकारीलगायतको उपस्थिति थियो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउण्डेशन, सूर्य नेपाल प्रालि, युनिलिभर नेपाल, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घलगायत सङ्घसंस्थाको प्राविधिक सहयोग रहेको छ ।

उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य लिइएको छ । नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी सङ्घसंस्थासँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । विश्व वातावरण दिवस ९जुन ५० मा समापन हुने उक्त अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १० : ०० बजे

परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

काठमाडौं– चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन– पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही

सांसदको कटाक्ष : भारतीय भूमि मिच्यौँ भनेर हिँडेका प्रधानमन्त्री बेपत्ता छन्, सुस्ताबासीलाई ढाडस दिन पुगे होला

काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठकमा सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिलाई लिएर

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन