‘सफा हिमाल अभियान २०२३’ को ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न « Khabarhub

‘सफा हिमाल अभियान २०२३’ को ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने ‘सफा हिमाल अभियान, २०२३’ को थालनीको रुपमा ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न भएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहका बीच सो कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा प्रधान सेनापति शर्माले गत वर्ष सम्पन्न ‘सफा हिमाल अभियान, २०२२’ मा योगदान पु¥याउनुहुने विभिन्न महानुभावलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरेका थिए । साथै उनले ‘सफा हिमाल अभियान, २०२३’ का अभियान नेतृत्वकर्तालाई क्याम्यिन फ्ल्याग’ हस्तान्तरण गरी कार्य सफलताको शुभकामना व्यक्त गरे ।

समारोहमा राष्ट्रियसभाका सदस्य सोनाम ग्याल्जेङ शेर्पा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव सुरेश अधिकारी, बौद्ध गुरु ङवाङ लोजाङ यसी ग्याछोक रिन्पोचे, नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, वन तथा वातावरण र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्व, नेपालस्थित विभिन्न देशका सैनिक सहचारी, पर्वतारोहण क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा अभियानका साझेदार सङ्घसंस्थाका पदाधिकारीलगायतको उपस्थिति थियो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउण्डेशन, सूर्य नेपाल प्रालि, युनिलिभर नेपाल, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घलगायत सङ्घसंस्थाको प्राविधिक सहयोग रहेको छ ।

उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य लिइएको छ । नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी सङ्घसंस्थासँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । विश्व वातावरण दिवस ९जुन ५० मा समापन हुने उक्त अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १० : ०० बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड