अमेरिकाको राष्ट्रपतिमा भारतीय मुलका दुई जनाको चासो | Khabarhub Khabarhub

अमेरिकाको राष्ट्रपतिमा भारतीय मुलका दुई जनाको चासो


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि दाबी सुरु भइसकेका छन्। धेरै जनाले आफ्नो पार्टी भित्र लबिङ सुरु गरिसकेका छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले त ‘अमेरिकालाई फेरि विशाल र प्रतिष्ठित बनाउने’ मुद्दासहित उम्मेदवारी घोषणा गरेका छन्।

रिपब्लिक भित्र उनी प्रमुख दाबेदार मान्छिन्। तथापि ट्रम्पको उम्मेदवारीले निम्त्याउन सक्ने थुप्रै कानुनी उल्झनका कारण उनको उम्मेदवारी कमजोर हुने होइन भन्ने चिन्ता सो पार्टीमा थपिएको छ। उनी अर्को वर्ष निर्वाचनको समयमा ७८ वर्षका हुनेछन्। त्यो समयमा आउन सक्ने अन्य विविध समस्याका कारण रिपब्लिकनले अन्य उम्मेदवारको खोजी गर्न सक्ने छ।
विगतमा उनलाई साथ दिएका धेरै जना अहिले उनकै विकल्पको रूपमा आफूलाई प्रस्तुत गर्न थालेका छन्।

निक्की हेलीले फेब्रुअरीको मध्यमा आफू राष्ट्रपतिको दाबेदार भएको बताएकी छिन्। रिपब्लिक पार्टीका ट्रम्पलाई चुनौती दिने उनी पहिलो व्यक्ति भएकी छिन्। रिपब्लिक पार्टीमा सबैभन्दा सुखद र साखपूर्ण भविष्यको कल्पना गरिएकी हेली विगतमा लामो समय लो प्रोफाइलमा रहेकी थिइन्।

निक्की हेलीले फेब्रुअरीको मध्यमा आफू राष्ट्रपतिको दाबेदार भएको बताएकी छिन्। रिपब्लिक पार्टीका ट्रम्पलाई चुनौती दिने उनी पहिलो व्यक्ति भएकी छिन्।

दक्षिणी क्यालोरीनमा जन्मिएकी उनी पन्जाबी सिख आप्रवासी पृष्ठभूमिकी हुन्। सन् २००९ मा उनी देशको सबै भन्दा कान्छी गभर्नर भएकी थिइन्। सन् २०१५ मा दक्षिणी क्यारोलीनबाट कन्फडेरेट फ्ल्याग हटाउने बताएपछि उनी देशव्यापी चासोको पात्र बनेकी थिइन्।

आफू ट्रम्पको समर्थक नभएको बताए पनि उनी सन् २०१६ मा संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत चयन भएकी थिइन्। प्यालेस्टाइनी प्रतिनिधिले बोली रहेका समयमा सुरक्षा परिषद्को बैठकबाट नाटकीय ढङ्गले बाहिर निस्किए पछि उनको चर्चा अझ बढेको थियो।

उनको अभियान ७५ वर्षमै पृथक् हुनेछ। उनले युवा पुस्ताको उपस्थिति तथा नयाँ खालको ओजपूर्ण सोचको मुद्दा उठाएकी छन्। विगतमा ट्रम्पलाई नेता बनाउन अहोरात्र खटिएका फ्लोरिडाका गभर्नर रन डे सान्टोस नै अहिले रिपब्लिक पार्टीमा ट्रम्पका मुख्य प्रतिस्पर्धीको रूपमा देखिएका छन्।

ट्रम्प शासन भएको समयमा फ्लोरिडामा भएको निर्वाचनमा उनले १५ लाख भोट पाएका थिए। त्यहाँको दशक दशक लामो इतिहासमा त्यो सबैभन्दा लोकप्रिय मत थियो। हवार्ड र यालेबाट दीक्षित यी ४४ वर्षीय कानुन व्यवसायी अहिले पनि अमेरिकी राजनीतिमा प्रभाव राख्ने व्यक्ति मानिन्छन् ।

अमेरिकी जल सेनामा जागिरेसमेत भएका यी नि इराक भ्रमणमा समेत थिए। सन् २०१३ देखि २०१८ को समयमा उनी सांसद सदस्य भएका थिए। सन् २०१९ मा गभर्नर भएपछि सबैको उनीप्रति चासो बढेको हो। संस्कृति संरक्षणमा उनले देखाएको चासोले सबैलाई छोएको छ। कोरोना महामारीको समयमा उनी अनिवार्य मास्क र भ्याक्सीनेसनको विरुद्धमा थिए। रङ्गभेद विरोधी आवाज उठेको समयमा उनले हिंसा विरोधी कानुनमा हस्ताक्षर गरेका थिए।

६३ वर्षीय पेन्सको उदय नै क्रिस्चीयन धर्मको प्रचारकको रूपमा भएको थियो। सन् २०१६ मा उनकै कारण ट्रम्पले कट्टरपन्थी क्रिस्चीयनको एउटा ब्लकको भोट पाएका थिए।

एलजीबीटीक्युको अधिकारलाई सङ्कुचन गर्ने ढङ्गको कानुन निर्माणमा उनको भूमिका थियो। ट्रम्पको निकट रहेका उनलाई ‘रोन डे सान्सेमिनियस’ को उपनामले चिनिन्छ। उनकै कार्यकालमा रिपब्लिकले डेमोक्र्याटलाई पछाडि पारेको थियो।

सन् २०२१ को हिंसाको कारण सम्बन्ध नबिग्रिएसम्म माइक पेन्सका चार वर्ष तत्कालीन राष्ट्रपति ट्रम्पका विश्वासिलो पात्रको रूपमा उपराष्ट्रपतिको रूपमा बितेका थिए।
कोरियाली युद्ध भेट्रानका छोरा पेन्सले क्यारियरको सुरुवात कन्जर्भेटिभ बाटोमा रहँदै रेडियो प्रस्तोताको रूपमा सुरु गरेका थिए। सन् २००० देखि २०१३ सम्म सांसद सदस्य रहेका उनले आफूलाई पुरातनवादी सोचको भएको खुलम खुला बताइरहे। गर्भपतनलाई बन्देज लगाउने तथा धार्मिक स्वतन्त्रता नदिने विधेयकमा उनले हस्ताक्षर गरेका थिए।

६३ वर्षीय पेन्सको उदय नै क्रिस्चीयन धर्मको प्रचारकको रूपमा भएको थियो। सन् २०१६ मा उनकै कारण ट्रम्पले कट्टरपन्थी क्रिस्चीयनको एउटा ब्लकको भोट पाएका थिए। सन् २०२० को नतिजालाई लिएर भने यी दुईबीच विवाद भएको थियो।

ट्रम्पका उग्र समर्थकले राजधानीमा दङ्गा मात्र गरेनन्, ‘पेन्सलाई झुन्ड्याऊ’ भन्ने नारा समेत लगाए। त्यो समयमा पेन्सको नजिकै दङ्गा भड्किएको थियो। दुरी बढे पनि ट्रम्पप्रति सद्भाव राख्ने मतदाता नभड्किउन् भन्ने चाहना राखेर उनी चुपचाप बसेका थिए।

३७ वर्षीय विवेक रामा स्वामीले फेब्रुअरी महिनाको अन्त्यमा फक्स न्युज मार्फत आफू राष्ट्रपतिको दाबेदार भएको जिकिर गरेका थिए। भारतीय अमेरिकी पृष्ठभूमिका बायोटेक इन्टरप्रेनर उनी यसअघि राजनीतिमै थिएनन्। उनले फक्स न्युजमा चलाउने एउटा कार्यक्रम अमेरिकामा नै सबै भन्दा बढी हेरिन्थ्यो।

हवार्ड र यालेबाट ग्य्राजुएट गरेका उनले अमेरिका अहिले विश्वास र मेरिटोक्रेसीमा गिरावट आइरहेको कुरा उठाएका छन्। उनले सन् २०१४ देखि २०२१ सम्म औषधि पसल सञ्चालन गरेका थिए। रामा स्वामीले लखेको पुस्तक ओव अमेरिकामा चर्चामा छ।

अमेरिकी सांसदका एक मात्र अश्वेत संसद् सदस्य दक्षिणी क्यारोलीनाका ५७ वर्षीय टिम स्कटले राष्ट्रपति पदमा रुचि देखाइसकेका छन्। दक्षिणी क्यारोलीनाको राजनीतिमा लामो समयको अनुभव भएका उनले चुनावी अभियान तल्लो तहबाट नै सुरु गरिसकेका छन्।

अरान्कासका दुई पटककी गभर्नर आसा हुट्चीन्सन अर्की महत्त्वपूर्ण दाबेदार मानिएका छन्। ७२ वर्षीया उनले आफ्नो अनुभव नै उम्मेदवारीको मुख्य कारण भएको जनाएकी छन्। उनले दुई पटक सांसद सदस्यको भूमिका निर्वाह गरिसकेकी छन्। रोनाल्ड रेगनको कार्यकालमा समेत उनी महत्त्वपूर्ण सहयोगी हुन्।

अमेरिकी सांसदका एक मात्र अश्वेत संसद् सदस्य दक्षिणी क्यारोलीनाका ५७ वर्षीय टिम स्कटले राष्ट्रपति पदमा रुचि देखाइसकेका छन्। दक्षिणी क्यारोलीनाको राजनीतिमा लामो समयको अनुभव भएका उनले चुनावी अभियान तल्लो तहबाट नै सुरु गरिसकेका छन्।
पेरी जोन्सनले मार्च महिनामा उम्मेदवारी घोषणा गरेका हुन्। ७५ वर्षीय यी व्यापारीले गत वर्ष मिचिगनको सरकार सञ्चालनका लागि निजी तवरबाटै अरबौँ डलर खर्चिएका थिए। थुप्रै अनावश्यक हस्ताक्षर गरेका कारण उनको धेरै कार्यलाई पछि अवैध समेत घोषित गरिएको थियो।

सङ्घीय खर्च २ प्रतिशतले घटाउँदै अर्थतन्त्रलाई सुधार गर्ने प्रतिबद्धता उनले जनाएका छ। यो नै उनको मुख्य मुद्दा हो। पूर्व अमेरिकी उपराष्ट्रपति डिक चेनीकी छोरी लीज चेनी संसद्मा तेस्रो वरियतामा छिन्। परम्परावादी सोचकी उनले सन् २०१७ मा बाबुको पथलाई पछ्याउँदै संसद्मा प्रवेश गरेकी हुन्। लगातार ट्रम्पको आलोचना गरेका कारण उनी रिपब्लिक पार्टीमै केहीपछि परेकी पनि थिइन्।

५६ वर्षीय उनी क्यापिटल रोइटको छानबिन गर्न गठित संसदीय समितिमा रहेका दुई रिपब्लिक सांसद मध्येकी एक हुन्। संस्थापन पक्षको विरोधी उनले पार्टीमा सुधारको आवश्यकतासमेत औँल्याएकी छिन्।

अमेरिकाको राष्ट्रपति पदमा अन्य केही व्यक्तिको चर्चा नचलेको होइन। ह्वीलचेयर प्रयोग गर्ने टेक्ससको पहिलो गभर्नर ग्रेग एबोट र दक्षिणी डाकोटाकी पहिलो महिला गभर्नर क्रस्टी नोयमको पनि चर्चा छ।

सन् २०२१ मा भर्जिनिया गभर्नर पदमा जित हात पारेपछि ग्लेन यङकीन चर्चामा आएकी थिइन्। उनले त्यस राज्यमा डेमोक्र्याटको २५ वर्ष लामो प्रभावलाई अन्त्य गरेकी हुन्। उनले अहिलेको राजनीति भेदभाव र पक्षपात पूर्ण भएको भन्दै त्यसको आलोचना गर्दै आएकी छिन्।

सत्तामा आसीन भएको पहिलो दिन नै कोभिड १९ को सुरक्षा प्रोटोकल हटाउन गरेको पहलका कारण उनी विवादमा थिए। देशमा भएको मध्यावधि निर्वाचनमा उनले देशभर नै अमेरिकी उम्मेदवारलाई साथ दिएका थिए। लस एन्जलसमा दक्षिणमा हुर्किएका कानुन व्यवसायी लेरी एल्डर अर्को दाबेदार हुन्।

अमेरिकाको राष्ट्रपति पदमा अन्य केही व्यक्तिको चर्चा नचलेको होइन। ह्वीलचेयर प्रयोग गर्ने टेक्ससको पहिलो गभर्नर ग्रेग एबोट र दक्षिणी डाकोटाकी पहिलो महिला गभर्नर क्रस्टी नोयमको पनि चर्चा छ। यो दाबीमा वर्तमान राष्ट्रपनि जो वाइडेन र पूर्व राष्ट्रपति ट्रम्पकोसमेत चर्चा भइराखेको छ। तर उनीहरुका लागि उमेर बाधक बन्ने अनुमान गरिएको छ। अमेरिकाको राष्ट्रपतिमा दुई भारतीयले पनि दाबी गरेपछि रिपब्लिक पार्टीले कसलाई उम्मेदवार बनाउने हो भन्ने सिङ्गो दक्षिण एसियाको चासो बनेको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : १२ बजे

चीन गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किँदै

काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

मैले केही बिराएको छैन, म डराउँदिन : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

चीनमा रहेका स्वर्णिमले भने : पार्टी सभापतिविरुद्ध षडयन्त्र हुनसक्छ, भोलि नै नेपाल फर्किन्छौं

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा

छविलाल जोशीलाई पोखरा लगियो

काठमाडौं – सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ

रास्वपा नेताको दाबी : प्रहरीले रविलाई पक्रने भनेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफ्ना सभापति रवि लामिछानेलाई प्रहरीले